Home / समाचार / २० हजार घुससहित सहायक वन अधिकृत शाह पक्राउ

२० हजार घुससहित सहायक वन अधिकृत शाह पक्राउ

दाङ, ३१ जेठ । २० हजार नगद घुससहित दाङका सहायक वन अधिकृत रामज्ञाप्रसाद साह पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको क्षेत्रीय टोलीले साहलाई सेवाग्राहीसँग लिदै गरेको घुस रकमसहित लमहीबाट उनलाई पक्राउ गरेको हो । सहायक वन अधिकृत साह सव वन डिभिजन कार्यालय बेलामा कार्यरत छन् ।

सप्तहरी निवासी साहलाई अख्तियारको टोलीले नियन्त्रणमा राखेरा थप अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले शुक्रवार दिउँसो लमही बजारको एक पसलबाट साहलाई प्रहरीसहितको अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*