Home / Feature Breaking news / अबिनास कृषि सहकारी संस्थाको सार्वजनिक सुनुवाइ

अबिनास कृषि सहकारी संस्थाको सार्वजनिक सुनुवाइ

दाङ,  ३१ जेठ

अबिनास पशुपंक्षी पालक सहकारी संस्थाको सार्वजनिक सुनुवाई कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । त्यस अवसरमा बोल्ने वत्ताहरुले अब सहकारी संस्था नागरिकको आम्दानीमा भुमिका खेल्नुपर्ने बताएका थिए ।

आर्थिक समृद्धिको पहिलो आधार सहकारी भएको बताउँदै अब हरेक सहकारीले रोजगारीको  सिर्जना गर्नुे उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला पशुसेवा कार्यालयका प्रमुख बेदबहादुर केसीले नेपालको संमृद्धिको यात्रामा सहकारीले खेलेको भुमिका महत्व पूर्ण भएको वताउँनुभयो ।

त्यसअबसरमा बोल्दै घोराही उप–महानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले अब दाङलाई सहकारीका माध्यमबाट अब्बल गराउँनु पर्ने उल्लेख गर्नुभयो । अब यो सहकारीले दाङमा मासु र अण्डालाई आत्म निर्भर बनाउँनु पर्ने उल्लेख गर्नुभयो । त्यस अबसरमा संस्थाका अध्यक्ष लुमाकान्त न्यौपाने (सागरले) किसानको आय आर्जनका लागि पाँच नं. प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अनुदानको व्यवस्था गरेको वताउँनुभयो ।

मन्त्रालयले २ वटा पिकअभ भ्यान, ४ वडा डिप फ्रिज, डिजिटल काटा, अण्डा र मासु पसलका निर्माणका लागि अनुदान दिएको वताउँनुभयो । कार्यक्रममा औषधी व्यवसायी संघका एकनारायण पौड्ल,निमबहादुर बुढाथोकी,सुरज डाँगी,मिनराज घिमिरे लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रम सचिव अन्जन कुमार पौड्यालले गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लुमाकान्त न्यौपाने (सागर) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*