Home / Feature Breaking news / दलजितपुरमा निशुल्क विशेषज्ञ आयुर्वेदिक स्वास्थ्य शिविर

दलजितपुरमा निशुल्क विशेषज्ञ आयुर्वेदिक स्वास्थ्य शिविर

दाङ,२५ जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ को दलजितपुरमा एक दिने निशुल्क विशेषज्ञ आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ को आर्थिक सहयोग तथा घोराहीमा रहेको नेचर केयर सामुदायिक हस्पीटलको व्यवस्थापनमा स्वास्थ्य शिविर भएको हो ।

नेचर केयर सामुदायिक हस्पीटल सञ्चालक समितिका अध्यक्ष मेनका पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालको प्रमुख आतिथ्यतामा भएको शिविरमा वडाका विभिन्न गाउँका तीन सय ४० जनाले स्वास्थ्य सेवा लिएका थिए ।

शिविरमा विरामीहरुको पायल्स, फिस्टुला,फिसर,जण्डीस,महिला रोग सम्वन्धी बिरामीसँगै आखाँ सम्वन्धी विरामीहरुकोे चेकजाच गरिएको थियो । शिविरमा प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुर, राप्ती आखाँ अस्पताल रक्षाचौरकी डा. सपना गौतमलगायतकाले विरामीहरुको चेकजाँच गरेका थिए ।

swastha shibir

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि दाहालले शिविरले आफनै वडामा वडाबासीलाई आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गरेको बताए । कामको बेस्तताले अस्पतालसम्म जान नसक्ने र आर्थिक रुपमा कमजोर घरपरिवारका विरामीलाई स्वास्थ्य शिविरले महत्वपुर्ण सेवा प्रदान गरेको बताए । शिविरमा जटिल रोग सम्वन्धी विरामीहरुलाई वडा र हस्पीटलको सहयोगमा निशुल्क अप्रेसनको व्यवस्था गरिएको थियो ।

त्यस अवसरमा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख नारायण घर्ति, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डा. रामकामेश्वर ठाकुर, राप्ती आखाँ अस्पताल रक्षाचौरकी डा. सपना गौतम, नेचर केयर सामुदायिक अस्पतालका बसन्त रावतलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण अस्पतालका गोपाल नेपालीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*