Home / समाचार / जिल्ला सभाको तयारी पुरा,मुख्यमन्त्री पोख्रेलले उद्घाटन गर्ने

जिल्ला सभाको तयारी पुरा,मुख्यमन्त्री पोख्रेलले उद्घाटन गर्ने

दाङ २४ जेठ । दाङ जिल्लाको ‘तेस्रो जिल्ला सभा’ शनिवार(भोली) हुने भएको छ । सभाको उदघाट्न प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोख्रेल गर्ने कार्यक्रम भएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताएका छन् ।

उनका अनुसार सभाको तयारी सवै पुरा भएको छ । सभाममा जिल्लाबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधि गर्ने सासद, प्रदेश सासद, जिल्ला समन्वय महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दासलाई आमन्त्रण गरिएको छ । त्यसैगरेर जिल्लाका दशै वटै पालिका प्रमुख, उपप्रमुख, राजनीतिकदल, नागरिक समाज, निजी क्षेत्र र पत्रकारहरुलाई आमन्त्रण गरिएको छ । सभाको रेडियो मध्यपश्चिबाट प्रत्यक्ष प्रशारण गरिने समन्वय समितिले जनाएको छ । सभा विहान ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा शुरु हुने छ ।

यसैविच शुक्रवार बसेको जिल्ला समन्वय समितिको बैठकले दाङ विकास सल्लाहकार परिषदलाई पनि पुर्णता दिएको छ । सल्लाहकार परिषदमा ५ जनालाई थप गरेको छ । सभामा नयाँ आर्थिक वर्षको लागि निती कार्यक्रम समेत प्रस्तुत गरिने भएको छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख नेपालीको अध्यक्षतामा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*