Home / Feature Breaking news / दश स्थानीय तहलाई ३० करोड बाड्दै जिल्ला समन्वय समिति

दश स्थानीय तहलाई ३० करोड बाड्दै जिल्ला समन्वय समिति

दाङ २४ जेठ । साविक जिल्ला विकास समितिको सञ्चित कोषको रकम बाँडबाँड गरिएको छ । सघीय सरकारले जिविस खारेज गरेपछि कोषको खाता रोक्का गरेको थियो । जिविसलाई अहिले जिल्ला समन्वय समिति (जिसस)मा परिणत गरिएको छ । गत पुस ९ गतेको मन्त्रीपरिषदको बैठकले सञ्चित कोषमा रहेको रकम फुकुवा गरेको थियो । मौज्जात कोष सञ्चालन निर्देशिका बनाएर सवै रकम जिससमा पठाएको छ । मौज्जाद कोषमा ३२ करोड ९८ लाख ८० हजार ५ सय २८ रुपैयाँ १९ पैशा छ ।

कोषको रकमबाट स्थानीय तहमा विकास निर्माण कार्यका लागि यसअघि प्रस्ताव आह्वान गरेर पत्रचार गरेको जिल्ला समन्वय समितिले जनाएको छ । पालिकाको प्रमुखको उपस्थितमा बसेको बैठकले सवै तहलाई ३÷ ३ करोड रुपैयाँ विनियोजन गरेको हो । पालिकाले प्राप्त गरेको रकम स्थानीयले कार्यक्रमको आधारमा खर्च गर्ने छन् । जिल्लामा १० वटा पालिका छन । १० वटा पालिकालाई ३० करोड र बाँकि २ करोड ९८ लाख ८० हजार रकम जिल्ला समन्वय समितिले राख्ने निर्णय भएको समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए ।

बुधवार सवैतहलाई बोलाएर कार्यविधिबारेमा जानकारी दिएको र बजेट बाँडफाँड गरेको समन्वय अधिकारी कृष्ण प्रसाद गौतमले बताए । ‘यस अघि पनि प्रस्ताव आह्वान गरेर पत्रचार गरेका थियौ’ समन्वय अधिकारी गौतमले भने ‘ प्रस्तावना कार्यविधि अनरुप आउन नसकेकोले पुन जानकारी गराउने काम भएको छ ।’ कार्यविधिले नगरपालिका र गाउँपालिका भवन निर्माणलाई प्राथमिकता दिएको छ । त्यसपछि वडा कार्यालयको भवनलाई राखेको छ । विद्यालयको भवन निर्माण, खोपानी तथा पुर्वाधार विकास निर्माण रहेका छन् । स्वास्थ्य चौकी र बर्थिङ सेन्टर बनाउन सकिने कार्यविधिमा उल्लेख छ ।

जिससको भवन वा अधुरा योजनाबारे प्रस्ताव बनाएर पेस गर्न सकिनेछ भने मर्मतलाई समेत कार्यविधिले जोड दिएको छ । प्रस्ताव पेस गर्नेले लागत सहभागिता बेहोर्नुपर्छ । गाउँ ÷ नगरपालिका वा वडा कार्यालय भवनको लागि कुल बजेटको सम्बन्धित स्थानीय तहले ४० प्रतिशत बेहोर्नु पर्ने छ । स्थानीय पुर्वाधार तथा अन्य योजनाको लागि २५ प्रतिशत लागत सहभागिता बेहोर्नुपर्छ । स्थानीय पुर्वाधारको मर्मत आयोजनाका लागि ५० प्रतिशत लागत सहभागि बेहोर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

स्थानीय आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाएर कार्यपालिकाबाट स्वीकृत गरेर जिससमा पेस गर्न आह्वान गरिएको जिसस उपप्रमुख श्रीधर शर्मा पौडेलले बताए । प्रस्ताव स्वीकृत गर्न व्यवस्थापन समिति गठन गरिएको छ । जिसस प्रमुख संयोजक रहेने समितिमा उपप्रमुख सदस्य र समन्वय अधिकारी सदस्य सचिव रहेका छन् । विनियोजन गरेको रकमबाट एक स्थानीयतहले अव झण्डै ५ करोडको योजना पेस गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*