Home / Feature Breaking news / नबन्दै भत्कीयाे पर्खाल

नबन्दै भत्कीयाे पर्खाल

अमरराज आचार्य
घाेराही, २४ जेठ

घोराही-मसिना-कटुवा खोला हुँदै घोराही उप- महानगरपालिका वडा नं १९ को वडा कार्यालय जोडने बाटोमा लगाइएको पर्खाल निर्माण सम्पन्न नहुदै भत्कीएको छ । बाटोको धपाले उकालोमा लगाएको पर्खाल भत्कीएको स्थानिय बासीन्दाहरुले बताएका छन् ।

यही जेठको १९ गते आएको पानीले पर्खाल भत्काइदिएको स्थानियबासी नेपाली काँग्रेस घोराही उप महानगरपालिका वडा नं १९ का इकाइ सभापति ज्ञानवहादुर रायमाझीले जानकारी दिए ।

अहिले उक्त बाटोमा गाडी समेत सञ्चालन हुन नसक्ने अवस्था रहेको उनको भनाइ छ । यसले गर्दा स्थानीय वासीन्दाहरु मर्कामा परेका छन् । उनीहरु हिडेर आवत जावत गर्न बाध्य भएका छन् । गुणस्तरीय काम नभएको कारण सानो पानी पर्दा पर्खाल भत्कीएको रायमाझीको भनाइ रहेको छ ।

यसका बारेमा निष्पक्ष रुपमा छानविन गर्ने समेत माग गरे । ‘निर्माण सम्पन्न नहुदै पर्खाल भत्कीनु कस्तो गुणस्तरको निर्माण गरिएको हो’ रायमाझीले भने । यस बारेमा सम्वन्धी निकायले ध्यान दिनु पर्ने समेत स्थानिय बासिन्दाहरुले बताएका छन् ।

उक्त बाटो निर्माणका लागि घोराही उप महानगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ मा ५० लाख रुपैया बजेट विनियोजन गरेको थियो । उता बाटो निर्माण समितीका अध्यक्ष शशीराम गिरीले पर्खाल भत्कीएको स्वीकार गरेका छन् ।

जेठ १९ गते आएको पानीले माटो समेत बगाएर लैजादा पर्खाल भत्कीएको बताए । ‘पानीले भित्ताको माटोसँगै बगाएर लगेकोले समस्या भएको हो’ गिरीले भने । पानी परेपछि गाडी आवत जावत गर्ने समेत समस्या भएको उनले बताए । बाटो निर्माण भइ नसकेको अध्यक्ष गिरीले बताए ।

‘नया बाटो निर्माण भएकाले पनि यस प्रकारको समस्या आएको हो’ अध्यक्ष गिरीले भने । घोराही उप महानगरपालिकाले सवै वडा कार्यालय सम्म सदरमुकामबाट सहज रुपमा यातायात सेवा पुर्याउन भन्दै यस सडकलाई प्राथमिकता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*