Home / समाचार / अन्तर बिद्यालय स्तरिय फुटसलको तयारी पुरा

अन्तर बिद्यालय स्तरिय फुटसलको तयारी पुरा

लक्ष्मण बस्नेत
दाङ,२३ जेठ । दाङको तुलसीपुरमा शुक्रबारदेखि सुरु हुने अन्तर बिधालय स्तरिय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । तुलसिपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिताको खेलमैदान तयार, खेल तालिका प्रकासित लगाएतको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ ।

बिधालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन बिहान सात बजे हुनेछ । उद्घाटन खेलमा शारदा सिस्ने बोर्डिङ स्कुल र माबी सेन्टर तुलसिपुर भिड्नेछन् । खेल बिहान ८ बजे देखि सुरु हुनेछ ।

प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका निजि तथा सामुदायिक बिधालय गरि २० टिमको सहभागिता रहेको क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १५ हजार ट्रफी मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।

त्यस्तै सोही अबसरमा उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच हुने खेलाडिलाई जर्सी प्रदान गरिने छ । यसैबिच आयोजक क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठ र कोषाध्यक्ष दुर्गा राजलवटले प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी,पत्रकार लगाएत सबैमा अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*