Home / समाचार / ट्यूसन सेन्टरका विद्यार्थीद्धारा राप्ती इन्जिनियरिङ कलेजको भिजिट

ट्यूसन सेन्टरका विद्यार्थीद्धारा राप्ती इन्जिनियरिङ कलेजको भिजिट

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ काठेकोहलमा रहेको नमूना ट्यूसन सेन्टरमा अध्ययनरत विद्यार्थीले प्राविधिक शिक्षाका बारेमा ज्ञान बढाउन राप्ती इन्जिनियरिङ कलेजको भिजिट गरेका छन । प्रदेशकै नमूना प्राविधिक कलेजका रुपमा रहेको राप्ती इन्जिनियरिङ कलेजमा पुगेर त्यहाँ पढाई हुने विषयका बारेमा ज्ञान लिएका हुन ।

कलेजमा पढाई भईरहेका प्राविधिक विषयसँगै ल्यावका बारेमा ज्ञान बढाउन प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई ट्यूसन सेन्टरले फिल्ड भिजिट गराएको हो ।

b
ट्यूसन सेन्टरमा सिभिल इन्जिनियरिङ,इलेक्ट्रिसियनलगायतका विभिन्न प्राविधिक विषयको तयारी गरिरहेका विद्यार्थीलाई घोराही उपमहानगरपालिका वडा नं. १६ को सर्रामा रहेको राप्ती इन्जिनिरिङक कलेजमा लगेर प्राविधिक शिक्षा तथा ल्यावको अवलोकन गराइएको ट्युसन सेन्टरका सञ्चालक युवराज पौडेलले जानकारी दिए ।

त्यस अवसरमा राप्ती इन्जिनियरिङ कलेजका कोर्डिनेटर माधव अधिकारीले कलेजमा सञ्चालन भएका प्राविधिक विषयका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए ।

c

एसईई पछि प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई त्यसको महत्व बारेमा जानकारी दिनका लागि कलेजमै लगेर विद्यार्थीहरुलाई अवलोकनसँगै जानकारी गराएको पौडेलले बताए । विद्यार्थीले राप्ती इञ्जिनियरिङ कलेजले अध्ययन गराईरहेका विभिन्न प्राविधिक विषयको जानकारीसँगै र ल्यावको अवलोकन गरेका थिए ।

ट्यूसन सेन्टरले व्रिज कोर्षसहित लोकसेवा आयोगका विशेष कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ । त्यस्तै ट्यूसन सेन्टरले विद्यार्थीलाई पढाईमा मद्धत पु¥याउने उद्देश्यका साथ कक्षागत पढाईसँगै फिल्ड भिजिट समेत गराउने गरेको छ ।

d

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*