Home / समाचार / विश्व वातावरण दिवसका अवसरमा बृक्षरोपण

विश्व वातावरण दिवसका अवसरमा बृक्षरोपण

तिर्थराज ज्ञवाली

देउखुरी, २२ जेठ । ४५ औँ विश्व वातावरणको अवसरमा राप्ती गाउँपालिकाको प्राङगणमा बृक्षरोपण गरिएको छ । राप्ती गाउँपालिका क्षेत्रलाई हरियाली कायम गर्दै वातावरणको संरक्षण गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको प्राङगणमा वृक्षरोपन गरिएको हो ।

नर्ती सामुदायीक वन समन्वय समितिका कोषाध्यक्ष पुष्पा पाण्डेयको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता एव गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी र डिभिजन वन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ताको विशिष्ट आतिथ्यतामा वृक्षरोपन गरिएको हो ।

वृक्षरोपन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, वडा अध्यक्षहरु, जनप्रतिनिधि, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, नागरिक, वन वातावरणप्रेमीहरुको सहभागीता रहेको थियो ।

४५ औ विश्व वातावरण दिवसको उपलक्ष्यमा राप्ती गाउँपालिका स्तरमा सामुदायीक वन समुहहरुको अन्तरक्रिया, बृक्षरोपण, छलफल जस्ता विभिन्न कार्यक्रमहरु संञ्चालन गरिने राप्ती सामुदायीक वन महासंघका अध्यक्ष हरि भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*