Home / समाचार / उत्कृष्ट ट्राफिक प्रहरीः दाङका सई महरा, हवल्दार कुसारी र जवान देउवा सहित प्रदेशका १३ जना पुरस्कृत

उत्कृष्ट ट्राफिक प्रहरीः दाङका सई महरा, हवल्दार कुसारी र जवान देउवा सहित प्रदेशका १३ जना पुरस्कृत

दाङ, २० जेठ

पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले उत्कृष्ट ट्राफिक प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरेको छ ।

ट्राफिक व्यवस्थापन एवं जिम्मेवारी पूर्ण रुपमा पालना गरेको भन्दै पाँच नम्बर ट्राफिक प्रहरी कार्यालयले हालै १३ जना कर्मचारीहरुलाई हालै पुरस्कृत गरेको हो । जसमा दाङबाट ३ जना ट्राफिक प्रहरीहरु पुरस्कृत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी नायव निरिक्षक एक जना, प्रहरी हवल्दार एक जना र प्रहरी जवान एक जना गरि तीन जना सहित १३ जना पुस्कृत भएका छन् ।

जसमा ट्राफिक प्रहरी पोष्ठट भालुवाङका प्रमुख प्रहरी नायव निरिक्षक विवेक महरा, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी अवल्दार टेकबहादुर कुसारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लालबहादुर देउवा सहित १३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् ।

पुरस्कृत हुनेहरुमा जिल्ला ट्राफिक पं्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी निरिक्षक बेदबहादुर पौडेल, जिल्ला ट्राफिक पं्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक हिरेन्द्रबहादुर रोकाय, ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुमा कार्यरत प्रहरी नायव निरिक्षक ज्ञानप्रसाद ज्ञवाली, जिल्ला ट्राफिक पं्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरिक्षक ओमप्रसाद पौडेल पुरस्कृत भएका छन् ।

यस्तै पाँच नम्बर ट्राफिक पं्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार देबीप्रसाद पौडेल, जिल्ला ट्राफिक पं्रहरी कार्यालय कपिलवस्तुका गोविन्द कुँवर, प्रहरी चौकी स्याउलीभाङका प्यूठानका प्रहरी जवान देवबहादुर सुनार, पाँच नम्बर ट्राफिक पं्रहरी कार्यालयका प्रहरी जवान जितेद्र कुँवर, महानगरिय ट्राफिक प्रहरी महाशाखा काठमाडौमा दरबन्दी रहेका प्रहरी जवान कृष्णप्रसाद पाण्डे र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी जवान दिनेश चौधरी रहनुभएको छ ।

आफ्नो जिम्मेवारी सफलतापूर्वक पुरा गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको पाँच नम्बर ट्राफिक पं्रहरी कार्यालयले बताएको छ ।

आप्mनो एरियाको ट्राफिक व्यवस्थापन, भिभिआइपी, भिआईपीहरुको सवारीमा ट्राफिक व्यवस्थापन र संगठनिक निति निर्देशन बमोजिम आफूलाई दिएको जिम्मेवारी पदिय दायित्वलाई अत्यन्त ईमान्दारी तथा बफादारीकासाथ व्यवसायिक एवं कर्तव्यनिष्ठ भई पंशसनिय ढंगले कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको प्रहरी उपरिक्षक गणेश चन्दले जानकारी दिए ।

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिदा अँझै अभिप्ररित एवं प्रोत्साहित हुनुकासाथै अन्य प्रहरी कर्मचारहिरुमा समेत सकारात्मक प्रभाव परि कार्य सम्पादन अझ बढि प्रभावकारी हुने भएकाले १३ जनालाई उनीहरुको कामको उच्च मुल्यांकन गर्दै पुरस्कृत गरिएको पनि चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*