Home / Feature Breaking news / व्यवसायीक सुरक्षा र स्वास्थ्य सचेतना

व्यवसायीक सुरक्षा र स्वास्थ्य सचेतना

दाङ, १८ जेठ

श्रमिक, ट्रेड युनियन तथा रोजगारदाताहरु लाई व्यवासायिक सुरक्षा तथा स्वास्थ्य विषयमा सचेतना प्रदान गर्ने थालिएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ को आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको व्यवस्थापनमा सचेतना कार्यक्रम प्रदान गर्न थालिएको हो ।

श्रमिकहरु लाई सयम अनुसार प्रविधका वारेमा जानकारी दिन नसक्दा दुर्घटना वढने भएको यस प्रकारको कार्य सुरु गरिएको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत सन्तोष खनालले जानकारी दिए ।

उद्योग, व्यवसायमा हुन सक्ने दुर्घटना लाई न्युनिकरणमा यस प्रकारको कार्यले सहयोग पु¥याउने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडेले श्रम ऐन २०७४ कार्यान्वयनका लागि तिन वटै पक्षहरु मिलेर अगाडि वढनु पर्ने बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले राज्यले कर लिने मात्र नभइ सहज व्यवसाय गर्ने निती ल्याउनु पर्ने बताए । गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले यस प्रकारको सचेतना मुलक कार्यक्रम प्रत्येक स्थानिय तह सम्म लैजानु पर्ने बताए ।

न्युनतम पारिश्रमीक समितीका धनवहादुर वि क ले श्रम ऐन २०७४ तथा सामाजिक सुरक्षा कोषको कार्यान्वयन हुन नसकेको बताए । कार्यक्रम २ दिन सम्म सञ्चालन हुने भएको छ ।

उद्घाटन कार्यक्रमको सहजिकरण मन्त्रालयका शाखा अधिकृत शिवहरि ज्ञवालीले गरेका थिए । कार्यक्रममा ऐनका भएका व्यवस्था , कार्य स्थलमा कसरी सुरक्षीत साथ काम गर्ने, स्वास्थ्यमा कसरी ध्यान दिने व्यवसायिक चुनौतीहरु, समाधानका उपाय, लगाएतका विषयमा छलफल गरिने भएको छ ।

शनिवार श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख शरीशरण चौलागाइ र मन्त्रालयका शाखा अधिकृत सन्तोष खनालले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*