Home / Feature Breaking news / कांग्रेसको जागरण अभियानः २३ गते सौडियार, २४ गते घोराही र २५ गते नारायणपुर

कांग्रेसको जागरण अभियानः २३ गते सौडियार, २४ गते घोराही र २५ गते नारायणपुर

घोराही, १७ जेठ

नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत जेठ २३ गतेदेखी क्षेत्र नम्बर ३ मा हुने भएको छ ।

साविक क्षेत्र नम्बर ३ को विभिन्न स्थानमा जेठ २घ गचेदेखी २५ गतेसम्म ३ दिन कार्यक्रम गर्ने क्षेत्रीय समितिको शुक्रवार घोराहीमा बसेको बैठकले निर्णय गरेको छ ।

जस अनुसार २घ गते साविक सौडियार र धर्ना गाविसको संयुक्त कार्यक्रम सौडियारको राजपुरमा, २४ गते साविक घोराही नगरपालिकाको घोराही उपमहानगरपालिकाको हलमा र २५ गते नेपाली कांग्रेस त्रिपुरको आयोजनामा नारायणपुरमा रहेको पार्टि कार्यालयमा कार्यक्रम हुने बैठकले निर्णय गरेको सचिव बद्रिकुमार खड्काले जानकारी दिनुभयो ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले जागरण अभियान अन्तरगत हुने कार्यक्रममा सहभागी हुनकालागी सम्पूर्ण महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला, क्षेत्र, नगर, गाँउ, वडा समितिका पदाधिकारी, भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था एवं सम्पूर्ण क्रियाशील सदस्यहरु तथा सुवेच्छुक सम्पूर्णमा अनुरोध गरेको छ ।

बैठकले सरकारले हालै ल्याएको आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा दाङलाई उपेक्षा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लाबाट निर्वाचीत जनप्रतिनीधीहरु संघीय सरकारको सभामुख एवं पाँच नम्बर प्रदेशको मुख्यमन्त्री लगायत जिम्मेवार पदमा भएको अवश्थामा पनि दाङकालागी अपेक्षा गरेअनुसारको कुनै पनि बजेट विनियोजन नहुनु दंगाली जनतालाई धोका भएको कांग्रेस क्षेत्रीय समितिको निष्कर्ष भएको निर्णयमा भनिएको छ ।

दंगाली जनतालाई विभिन्न आश्वासन देखाएर निर्वाचनमा विजयी भएर गएपनि जनताका अपेक्षा पुरा गर्ने कुनै पनि योजनामा बजेट बिनियोजन नगर्नु दुर्भाग्य भएको कांग्रेसले बताएको छ ।

शुक्रवारको बैठकले नेपाल दलित संघ क्षेत्र नम्बर ३ का सचिव पदम नेपालीको वुवा घोराही ५ का डोटे नेपाली, नेपाल शिक्षक संघ दाङका संस्थापक जिल्ला सदस्य विश्वराज पोख्रेल, नेपाली कांग्रेसका क्रियाशील सदस्य एवं नारायणपुर उद्योग वाणिज्य संघका निवर्तमान महासचिव धनेश्वर आचार्यको वुवा घोराही १० का प्रजातान्त्रीक सेनानीकृष्णप्रसाद आचार्य, नेपाली काग्रेसका सुवेच्छुक घोराही उपमहानगरपालिका १२ का नरेन्द्र केसी, प्रजातान्त्रिक प्राध्यापकहरु स्थानेश्वर पौडेल र स्थानेश्वर स्थानेश्वर गौतमको हालै भएको निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तीको कामनासहित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको सचिव बद्रिकुमार खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*