Home / खेलकुद / तुलसीपुर–११ मा वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

तुलसीपुर–११ मा वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु

दाङ,१३ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगीता सुरु भएको छ । वडा नम्बर ११ को आयोजनामा आज देखि सुरु भएको प्रतियोगीता १५ गते सम्म चल्ने वडा सदस्य सुबास डाँगीले जानकारी दिनु भएको छ ।

वडा क्षेत्रमा खेल क्षेत्रको बिकासका लागि वडा कार्यालयले यो प्रतियोगीताको आयोजना गरेको पनि डाँगीले जानकारी दिए । प्रतियोगितामा ७ वटा खेलसमुह बिच नकाउट चरणमा प्रतिष्पर्धा हुने छ ।
यसैविच प्रतियोगीताको आज एक कार्यक्रमको आयोना गरि सुरुवात गरिएको छ ।

वडा अध्यक्ष चित्रवहादुर डाँगीको सभापतित्व एबं प्रहरी चौकी जसपुरका असई प्रेमवहादुर ओट को प्रमुख आतिथ्यमा भएको उद्घाटनसत्रमा वडा सदस्यहरु घनश्यााम गौतम , निरमा चौधरी, खिमा कुमारी विक, वडाका कर्मचारी अर्जुन चौधरी, समाजसेवी धनवहादुर केसी, स्थानीय गजामन चौधरी लगाएतले प्रतियोगीतााको सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण वडा सदस्य सुबास डाँगीले गर्नुभएको थियो । फूटवल प्रतियोगीतामा एन्फाका रेफ्रिघनश्याम डाँगी अम्पाएरको भुमिकामा रहेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*