Home / Feature Breaking news / पूर्ण सरसफाई वडा बनाउन सवैको पहल आवश्यक

पूर्ण सरसफाई वडा बनाउन सवैको पहल आवश्यक

दाङ,११ जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ लाई पूर्ण सरसफाई युक्त वडा बनाउनका लागि सवैको पहल आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । पूण सरसफाई सम्वन्धी छलफल कार्यक्रमका सहभागीहरुले वडालाई पूर्ण सरसफाई युक्त बडा बनाउनका लागि वडाका प्रत्येक नागरिकहरुले आफनो आनीवानीमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

वडा कार्यालयको सहयोग तथा प्रेस युनियन दाङ शाखाको आयोजनामा भएको वडालाई पूर्ण सरसफाई युक्त वडा बनाउनकालािग आयोजना गरिएको अभिभुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सरसफाई युक्त वडा बनाउनकालागि वडावासीले पहल गर्नुपर्ने बताए । वडावासीको पहल विना पूर्ण सरसफाई युक्त वडा बनाउन नसकिने भन्दै नगर प्रमुख चौधरीले आफनो वडालाई पूर्ण सरसफाई युक्त वडा बनाउनकालागि वडावासी नै लाग्नुपर्ने बताए ।

त्यसकालागि योजना बनाएर अघि बढ्न समेत नगर प्रमुख चौधरीले आग्रह गरे । ‘पूर्ण सरसफाई युक्त वडा बनाउनका लागि योजना बनाएर काम गर्नुहोस’,नगर प्रमुख चौधरीले भने,‘योजना बनाएर काम गर्दा सवैको साथ र सहयोग मिल्ने भएकाले काम सफल हुन्छ ।’ पूर्ण सरसफाई युक्त वडा बनाउनकालागि सवै भन्दा वडामा टोल विकास समिति गठन हुनुपर्ने समेत बताए ।

त्यस्तै उनले सरसफाईका लागि खानपिन,घर वरपरको वातावरणसँगै स्वास्थ्यप्रति सचेत रहन समेत आग्रह गरेका थिए । नगर प्रमुख चौधरीले वडावासीलाई सौचालय अनिवार्य रुपमा प्रयोग गर्न सुझाव दिए ।
त्यस्तै कार्यक्रममा सरसफाई तथा विपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डागीले पूर्ण सरसफाई युक्त वडा बनाउनका लागि वडाका प्रत्यक नागरिक सचेत हुनुपर्ने बताए । नागरिक सचेत नहुँदासम्म वडा सरसफाई बन्न नसक्ने उनको भनाई थियो । पूर्ण सरसफाई युक्त वडा बनाउनकालागि वडावासीले फोहरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । त्यसकालागि योजना बनाएर फोहरलाई कसरी व्यवस्थापन गर्ने, सौचालयलाई कसरी सरसफाई युक्त बनाउने,शुद्ध पिउने पानीकालागि के गर्नेलगायतका कुराहरुमा ध्यान दिन आवश्यक रहेको बताए ।

5

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणी दाहालले वडालाई पूर्ण सरसफाई युक्त बडा बनाउनकालागि वडावासीको सहयोगको आवश्यकता रहेको बताए । त्यसकालागि वडाले पूर्ण सरसफाईको योजनालाई अघि बढाएको भन्दै वडाका प्रत्यक नागरिकले सरसफाईको कार्यमा सहयोग गर्न आग्रह गरेका थिए । पूर्ण सरसफाई युक्त वडा वडावासीको पहिचानसँग जोडिएको भन्दै वडाध्यक्ष दाहालले यसलाई सफल बनाउन वडावासीलाई लाग्न आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा प्रेस युनियन दाङ शाखाका सल्लाहकार सुदिप गौतमले पूर्ण सरसफाईको अभियानलाई प्रभावकारी बनाउनकालागि सञ्चारको आवश्यक रहेको बताए । वडावासीलाई सरसफाई सम्वन्धी जानकारीसँगै योजनालाई सफल बनाउन सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका रहेको गौतमको भनाई थियो ।

कार्यक्रम प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो । कोषाध्यक्ष प्रकाश डागीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए । अभिमुखीकरण तालिमको प्रशिक्षकमा कमल गौतम र प्रकाश डागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*