Home / Feature Breaking news / योग र साधनाबाट जीवन बदल्न सकिन्छः मीश्र

योग र साधनाबाट जीवन बदल्न सकिन्छः मीश्र

शरद रेग्मी
तुलसिपुर, १० जेठ

तुलसिपुर उधोग वाणिज्य संघले एक कार्यक्रमकाबिच पतनञ्जलि योग समितिका केन्द्रीय पदाधिकारीहरुलाई स्वागत गरेको छ ।

वाणिज्य संघका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै पतञ्जलि योग समितिका केन्द्रीय सयोजक लभदेब मिश्रले योग र साधनाका माध्यमबाट जिवनलाई सरल र व्यवस्थित गर्न सकिने बताउनु भयो  ।

उहाले जिवनमा योग र साधनाले गर्दा समाजमा सकारात्मक अभियानहरु सञ्चालन गर्न मदत पुग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सयोजक मिश्रले खानपिन,आहार बिहार र दैनिकी जीवन लाई कसरी ब्यबस्थापन गर्ने भन्न सन्दर्भमा पनि योग ले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

उहाले योग र साधनाबाट  जटिल किसिमका रोगहरु क्यान्सर ,थाईराईट ,प्रेसर लगायत थकान र तनाब समेत कम गर्न महत्त्वपूर्ण भुमिका खेल्ने जानकारी दिनुभयो । योगका माध्यमबाट जीवन शैलीमा सरलता र स्वच्छता प्रदान गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा सङघका उपाध्यक्ष मिनराज भण्डारी ,प्रदेश नम्बर ५ का सयोजक प्रेम शाह,महासचिव घनश्याम अधिकारी ,दाङ जिल्लाका कार्यबाहक अध्यक्ष बिनोद चौधरि,तुलसिपुरका सयोजक प्रलाद शाह लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियोे ।

तुलसिपुर उपमहानगरपालिकाको आयोजनामा दाङको तुलसिपुरमा सनिवार देखि बृहत् योग शिबिर सञ्चालन हुदै छ । यता रेडियो सञ्जिवनि एफएम ९१ मेगाहर्जबाट भ सनिवार देखि सञ्चालन हुन लागेको  बृहत् योग शिबिरको  प्रत्यक्षे प्रसारण गर्नेभएको छ ।

बिहान ४-३० बजेदेखि ५_३० बजे सम्म योगका बारेमा गाउँ र टोल सम्म जानकारी दिनका लागि रेडियोबाट प्रत्यक्ष प्रसारण गर्न लागेको स्टेसन म्यानेजर शरद रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*