Home / समाचार / विद्यार्थीलाई लागुऔषध दुव्यर्सनी सम्वन्धी प्रशिक्षण

विद्यार्थीलाई लागुऔषध दुव्यर्सनी सम्वन्धी प्रशिक्षण

घोराही, १० जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ को आधारभुत विद्यालय दलजीतपुरमा विद्यार्थीहरुलाई लागुऔषध दुव्यर्सनी सम्वन्धी प्रशिक्षण दिइएको छ ।

समुदाय–प्रहरी साझेदारी वडा समितिको आयोजना आधारभुत विद्यालय दलजीतपुर र हाइलाईट बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध दुव्यर्सन सम्वन्धी प्रशिक्षण दिइएको हो । करिव एक सय ६० जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक शशी शर्मा र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक सन्तोष चन्द्रले लागुऔषध भनेको के हो ? लागुऔषध दुव्यर्सनीले समाजमा पार्ने असर, लागुऔषध दुव्यर्सनीका प्रकार र लागुपदार्थ औषध कारोवार गर्दा हुने कानुनी सजाय, सामाजिक सञ्चालको प्रयोग र बालविवाहले पार्ने असरलगायतका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रम समुदाय–प्रहरी साझेदारी वडा समितिका संयोजक तथा घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षता तथा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक शशी शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक बलदेव शर्माले गरेका थिए ।

समुदाय–प्रहरी साझेदारी वडा समितिले वडामा लागुऔषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमदेखि वडाका विभिन्न बस्तीमा अवैध रुपमा फैलिएको गाँजाका विरुवाहरु नष्ट गर्ने काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*