Home / समाचार / कर्णाली विकास बैकको शााखा बिजौरीमा

कर्णाली विकास बैकको शााखा बिजौरीमा

यमकला भुषाल
तुलसीपुर, १० जेठ

कर्णाली विकास बैकको १६ औ शााखा दाङको विजौरीमा शुभारम्भ गरिएको छ । नेपालगञ्ज प्रधान कार्यालय रहेको सुदुर तथा मध्यपश्चिमको पहिलो विकास बैकं कर्णाली बैकको विहिवार एक कार्यक्रमको १६ औ शाखा  कार्यालयको विजौरीमा कारोवार शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बैकका कार्यकारी अधिकृत दिनेश कुमार रावतले बैकको स्थापनाको १५ औ वर्ष पुरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा १६ औँ शाखा विजौरीमा सञ्चालनमा आइ यस क्षेत्रका बासिन्दाहरुमा आफ्ना सेवाहरु विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

photo

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष मुकेश वलीले बैकको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । यस क्षेत्रका जनताको सेवाका लागी बैकले सधै सेवामुखी भावले काम गर्न उहाँले अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा बैकका वरिष्ठ प्रबन्धक निरज बिक्रम शाह, विजौरी उद्योग वाणिज्य सघंका सदस्य बिदुरराज गौतम लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बैकंका विभागीय प्रमुख लगाएत शाखा कार्यालय तुलसीपुर,घोराही र लमहीका शााखा प्रमखुहरुको समेत उपस्थिती रहेको थियो ।

कर्णाली डेभलपमेन्ट बैकले ए.टी.एम, मोवाइल बैकिङ्, एबिबिएस, रेमिटान्स लगायतका बैकिङ् सेवाहरु शाखा कार्यालयहरु मार्फत प्रदान गर्दे आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*