Home / Feature Breaking news / राेल्पाका युवायुवति दाङकाे ज‌गलमा बेवारिसे भेटिए, युवाकाे मृत्यु युवति अचेत

राेल्पाका युवायुवति दाङकाे ज‌गलमा बेवारिसे भेटिए, युवाकाे मृत्यु युवति अचेत

दाङ, ९ जेठ

राेल्पाका दुई युवा युवति दाङकाे एक जंगलमा बेवारिसे अवश्थामा फेला परेका छन् । दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर- १६ मन रहेकाे रातामाटा शितल सामुदायिक वनमा
दुई युवा युवती बेवारिसे अवश्थामा फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

बेवारिसे फेला परेकाहरूमा राेल्पा सुनिल स्मृति गापा- ८ का १८ बर्षीय राजेश घर्ती र सनेही ठाँउका १७ बर्षीय गीता केसी रहेका छन् ।

विहान करिब पाैने ११ बजे वनका चाैकीदारले बेवारिसे अवश्थामा उनीहरूलाई देखेपछि प्रहरीलाइ खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा घर्तिकाे मृत्यु भईसकेकाे र केसी छटपटिरहेकाे अवश्थामा रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक बिनाेदविक्रम शाहले जानकारी दिनुभयाे । अचेत अवश्थामा रहेकी केसीकाे राप्ती स्वास्थ्य विज्ञान प्रथिष्ठानमा उपचार भईरहेकाे छ । उनीहरूले विषादी सेवन गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे उहाँले बताउनुभयाे । मृत्युकाे कारणबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*