Home / Feature Breaking news / धर्नाका विभिन्न बस्तीमा फैलिएको गाँजा नष्ट

धर्नाका विभिन्न बस्तीमा फैलिएको गाँजा नष्ट

दाङ, ८ जेठ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.५ को धर्नामा अवैध व्यवारिसे रुपमा फैलिएको गाँजा नष्ट गरिएको छ । साविक धर्ना गाविस अन्तर्गत वडा नं.१,२,३ र ४ का विभिन्न बस्तीमा फैलिएको गाँजा नष्ट गरिएको हो ।

घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहाललगायतका जनप्रतिनिधि, प्रहरी तथा स्थानीयको सहभागितामा गाँजा नष्ट गरिएको थियो ।

gaja

वडाका विभिन्न बस्तीहरुम फैलिएको अन्दाजी दुई हजार दुई सय बराबर गाँजाका बोट–विरुवाहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतमले लागुऔषधका रुपमा रहेको गाँजाले समाजमा पार्ने असरका बारेमा जानकारी गराएका थिए ।

sssss

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विहिवार वडाका बाँकी बस्तीहरुमा फैलिएको गाँजा  नष्ट गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*