Home / Feature Breaking news / मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल गरिएनः नेपाल

मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल गरिएनः नेपाल

दाङ,६ जेठ । मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको नेकपा बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन ।

प्रेस संगठन नेपालले आज विहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीमा छलफल गर्ने बातावरण नहुदा धेरै विरोध खेप्नु परेको बताए । ‘महत्वपुर्ण निर्णयहरु गर्दा पार्टीमा छलफल हुनुपर्छ, तर, अहिले कुनैपनि विषयमा निर्णय लिदा पार्टीमा छलफल गर्ने गरिएको छैन’, नेपालले भने,‘पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष हो ।’ उनले हाल उत्पन्न समस्या र सरकारको कामको समिक्षाको बारेमा समेत पार्टी भित्र कुनै छलफल नभएको उनले स्पष्ट पारे ।

बैठकबाट यस्ता कुराहरु आउँदा पर्दाखेरी सरकार एक्लो नहुने बताएका उनले आफुहरु संग परामर्ष तथा छलफल नै नगरी ल्याउन लागेको विधेकका बारेमा के भन्ने कुरा अन्यौंलता छाएको बताए । त्यस्तै उनले मिडियाका मानिसहरु समेत आएर आँफुलाई केही नभएको हुँदा त्यसवारे कुनै जानकारी नभएको जानकारी दिए । सरकारले महत्वपुर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्नुपर्ने आफुहरुले पटक–पटक कुरा उठाएपनि त्यसलाई बेवास्ता गर्ने गरिएको भन्दै उनले असुन्तुष्टि पोखे ।

मिडिया काउन्सिल विधेयकको समर्थन वा विरोधका नवोलेका नेता नेपालले समाचारमा विश्वसनियतयाको सुनिश्चित हुनुपर्ने धाराना राखे । पछिल्लो समय पहिलो हुने नाममा समाचार सत्य र तथ्यमा भन्दापनि अनुमानको भरमा लेखिने हुदाँ पत्रकारिताप्रति आम मानिसको विश्वसनियता कम हुदै गएको उनको कथन थियो । ‘मनपरी गर्ने छुट त कसैलाई पनि दिनु हुन्न,’ नेपालले भने ‘अलिकति मिडियलाई अनुसासित भने बनाउन आवश्यक छ ।’तानाशाही मुलुकहरुमा जस्तो सरकारको प्रशंशा मात्रै गर्न नहुने बताएका उनले आचोचना गर्दा सत्य तथ्यका आधारमा हुनुपर्ने धारणा राखे ।

समाचारको विश्वसनियता र समाचारको वारेमा लेख्ने व्यक्तिले जिम्मेवार तथा जवाफदेही बन्नुपर्ने उनको कथन थियो । उनले केही समय अगाडि आफु तराइमा जाँदा स्थानीय रेडियोहरुले राष्ट्रविखण्डनकारी कुरा खुलेयाम गरेको सुनेको भन्दै त्यसप्रति रोष प्रकट गरे । तर उनले भष्टचार र गलतकुराहरु भने प्रेसले लेख्नै पर्ने बताए । प्रेस चौतारी दाङ शाखाका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर दाङका कार्यवाहक अध्यक्ष प्रकाश चौधरीले स्वागत गरेका थिए । पत्रकार सम्मेलनको सहजीकरण प्रेस सेन्टरका सचिव पाण्डव शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*