Home / समाचार / झिङनीमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण

झिङनीमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण

दाङ, ४ जेठ । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ३ को झिङनीमा निःशुल्क स्वास्थ्य परिक्षण शिबिर गरिएको छ । ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी शिबिरको आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

उमेर र आर्थिक अबस्थाका कारण स्वास्थ्यको पहुँचमा आउन नसकेका नागरिकहरुको उपचारका लागि एक दिने उपचार शिबिरको आयोजना गरिएको हो । शिबिरमा ८० बर्ष उमेर सम्मका जेष्ठ नागरिकहरुले निशुल्क स्वास्थ्य जाँच, औषधी र परामर्श पाएका छन् ।

वडा अध्यक्ष माधवप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकको सम्मानका लागि गाउँमै शिविर सञ्चालन गरिएको बताए । उमेर र स्वास्थ्य अबस्था कमजोर बन्दै जाँदा आउने समस्याहरुलाई मध्यनजर गरि गाउँबाटै उपचार सेवा दिन नगरका सबै वडाहरुमा स्वास्थ्य शिबिरहरु सञ्चालन भैरहेको समेत नगर प्रमुख चौधरीले जानकारी दिएका थिए ।

निशुल्क स्वास्थ्य शिबिरका बारेमा स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिएका थिए । कार्यक्रमको सहजिकरण राममणि शर्माले गरो थिए । यसैविच स्वास्थ्य शिबिरमा डाक्टर प्रभात रिजाल र डा. दिलिप धिताल सहितका स्वास्थ्यकर्मीहरुले बिरामीहरुको स्वास्थ्य जाँच, उपचार र पराशर्म दिएका थिए ।

गाउँमै निशुल्क स्वास्थ्य जाँच गर्न पाउदा जेष्ठ नागरिकहरु खुशी भएका छन् । जेष्ठ नागरिकहरुमा जोर्नीहरु दुख्ने, दम, खोकी, शरिर दुख्ने जस्ता समस्याहरु देखिएको छ । शिबिरमा पिसावको समेत जाँच गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*