Home / Feature Breaking news / महिलाहरुका लागि एड्भान्स कटाई सिलाई तालिम

महिलाहरुका लागि एड्भान्स कटाई सिलाई तालिम

दाङ,४ जेठ । घोराही उपमहानगरपालिका वडा नं. ५ मा महिलाहरुका लागि कटाई सिलाई सम्वन्धी एक महिने एड्भान्स तालिम शुरु भएको छ । वडाको आर्थिक सहयोग तथा नारी सिप विकास केन्द्रको आयोजनामा तालिम शुरु भएको हो ।

वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख सिता न्यौपाने सिक्देलले उद्घाटन गरेकी थिइन । तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख सिक्देलले तालिमवाट सिकेको सिपलाई महिलाहरुले आयआर्जनका रुपमा व्यवहारमा प्रयोग गर्नुपर्ने बताएकी थिइन । महिलाहरु श्रीमानप्रति आश्रित हुदाँ घरपरिवारवाट हेपिनुपर्ने सिर्जना भएको भन्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सिक्देलले सिपलाई व्यवहारमा परिनत गर्न सके महिलाहरु आत्मनिर्भर हुने बताइन । उनले हरेक महिलाहरु सिप सिकेर आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको समेत बताएकी थिइन ।

त्यस्तै कार्यक्रममा बोल्ने बक्ताले बेसिक कटाई सिलाई सिकेका महिलाहरुलाई सिलाई कटाईमा दक्ष बन्न तालिमले महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख मोती विश्वकर्मा, घोराही उपमहानगरपालिका नगर कार्यपालिका सदस्य डिल्ली नेपाली, घोराही उपमहानगरपालिका वडा नं. ५ की वडा सदस्य तुलसी खड्कालगायतले तालिमको सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तालिमको उद्देश्यप्रति नारी सिप विकास केन्द्रकी प्रमुख बिष्णु थापाले जानकारी गराएकी थिइन । एक महिनासम्म चल्ने तालिममा वडाका २० जना महिलाहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*