Home / Feature Breaking news / दाङमा सानी आमाको मलामी गएका भतिजाको डुवेर मृत्यु

दाङमा सानी आमाको मलामी गएका भतिजाको डुवेर मृत्यु

दाङ,३० बैशाख । दाङमा सानी आमाको मलामी गएका एकजना व्यक्तिको राप्ती नदीमा डुवेर मृत्यु भएको छ ।

आफ्नी आमाको बहिनी (सानी आमा) लमही नगरपालिका वडा नं। ९ अमेलिया बजार निवासी ७२ बर्षीया जैसरा घर्तीको मृत्यु पछि मलामी गएका राजपुर गाउँपालिका वडा नं। ५ राजपुर निवासी ५२ बर्षीय कर्णबहादुर घर्तीको डुवेर मृत्यु भएको छ ।

मृतकको दाहासंस्कार पछि नुहाएर घर फर्किने मान्नेता अनुरुप नुहाउन भनि राप्ती नदीमा पसेका कर्णको डुवेर सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाहासंस्कारको काम सकिएपछि कर्णबहादुर अन्य मलामीहरुले त्यता गहिरो छ भन्दै नजान खवरदारी गर्दै गर्दा घर्ती गहिरो भागमा पुगेपछि डुब्न पुगेको प्रहरीले बताएको छ । घर्तीको शव सोमवार दिउँसो ३ बजेपछि डुवेको ठाउँदेखि ५० मिटर टाढा फेला परेको प्रहरीले बताएको छ ।

घर्ती परिवार र आफन्त जनहरु विभिन्न कारणले एकै दिन दुई जनाको मृत्यु पछि शोकमा डुवेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*