Home / Feature Breaking news / नेपाल शिक्षक संघले मनायो ३० औँ स्थापना दिवस

नेपाल शिक्षक संघले मनायो ३० औँ स्थापना दिवस

दाङ,३० बैशाख । नेपाल शिक्षक संघ दाङले ३० औँ स्थापना दिवस मनाएको छ । संघले सोमवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा संघले शिक्षाका क्षेत्रमा योगदान पु¥याउने शिक्षक, प्रजातन्त्र स्वतन्त्र सेनानी र सेवानिवृत शिक्षकहरुलाई सम्मान गरेको थियो ।

संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको अध्यक्षता तथा नेपाली काग्रेस दाङका सभापति किर्तिबहादुर खड्को प्रमुख आतिथ्यता एव नेपाली काग्रेस क्षेत्र नं. ३ का सभापति भुपबहादुर डागी, नेपाल टे«ड युनियन काग्रेसका निवर्तमान केन्द्रीय बरिष्ठ उपाध्यक्ष बमबहादुर डिसी र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुरेशराज जोशीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षकहरु समाजका आर्दश भएको भन्दै शिक्षकहरुले समाजलाई सहि मार्गमा लग्न प्रेरित गर्नुपर्ने बताएका थिए । त्यस्तै उनीहरुले गुणस्तरिय शिक्षाका लागि समेत शिक्षाको महत्वपुर्ण भुमिका हुने भन्दै त्यसकालागि राज्यले शिक्षकहरुलाई सहयोग गर्नुपर्ने बताएका थिए ।

त्यस अवसरमा नेपाल शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष गोविन्द्रप्रसाद न्यौपाने, नेपाल शिक्षक संघ दाङका पूर्व अध्यक्ष चिन्ताबहादुर बुढाथोकी, नेपाल शिक्षक संघका निवर्तमान केन्द्रीय उपमहासचिव सुशिला सुवेदी, नेपाल शिक्षक संघ दाङका पूर्व अध्यक्ष कुमोद पोख्रेल,अखिल नेपाल शिक्षक सघका जिल्ला हुकुमबहादुर बस्नेत,अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष डिल्लीबहादुर डागी, तरुण दल दाङका अध्यक्ष टिका घर्ति, नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, सम्मानित व्यक्तिहरु बिष्णुप्रसाद आचार्य, गोविन्द्र पोख्रेल, बिष्णुप्रसाद आचार्यलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए

नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष अनन्ता केसीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा शिक्षक संघका योगराज खत्रीले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक संघका सचिव प्रकाश डागीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*