Home / Feature Breaking news / अग्नि पीडितलाई राहत सामग्री हस्तान्तरण

अग्नि पीडितलाई राहत सामग्री हस्तान्तरण

दाङ, २९ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. ५ बसन्तापुर निवासी अग्नि पीडित मानप्रसाद चौधरीको परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका विपद् व्यवस्थापन महासंघ र नेपाल रेडक्रश घोराही उपशाखाले सयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि पीडित परिवारलाई सामग्री प्रदान गरेका हुन ।

उपमहानगरपालिकाले करिव पाँच हजार मुख्य बराबरको चामल, त्रिपाल, तेल,बेसाललगायतका सामग्री प्रदान गरेको थियो । नेपाल रेडक्रस घोराही शाखाले दुई थान कम्वल,एक थान बाल्टीलगायत खाना पकाउनका आवश्यक सामाग्री सहयोग गरेको थियो । उक्त सामग्री घोराही उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डागी, घोराही उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बिष्णुमणि दाहाल, नेपाल रेडक्र सोसाईटी घोराही उपशाखाका सदस्य चित्रकान्त आचार्यलगायतले सयुक्त रुपमा अग्नी पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।

शनिवार साँझ चार बजेतिर दुई तले घरमा कोही नभएको समयमा आगलागी हुदाँ नगद दुई लाख ५० हजारसहित करिव दश लाख बराबरको क्षेती भएको घरधनी मानप्रसाद चौधरीले बतार । आगलागीका कारण घरमा अन्यपात, काठ, अत्ताकपडा, भm्याल र ढोकाका चौकोसलगायतका जलेर नष्ट भएका थियो । आगो घोराही उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै देउखुरीको राप्ती गाउँपालिका वडा नं. ५ को चित्रकोटलोसे बस्ने नवराज थापामगरको घरमा पनि आगलागी भएको छ । शनिवार करिव ३ बजे लागेको आगोका कारण करिव सात लाख बराबरको क्षेती हुनाका साथै थापाको पछाडीको शरिर समेत जलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घरमा लागेको आगो नजिकै रहेको गोठमा लाग्दा दुई वटा बाख्रा र ४ वटा बंगुरका पाठापाठीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*