Home / Feature Breaking news / अग्नीपिडित परिवारलाई गायिका भुमीका गिरीको सहयोग, सहयोग गर्न सबैमा अपील

अग्नीपिडित परिवारलाई गायिका भुमीका गिरीको सहयोग, सहयोग गर्न सबैमा अपील

दाङ, २९ वैशाख

लोकदोहोरी गायिका भुमीका गिरीले अग्नी पिडीत परिवारलाई नगद सहयोग गर्नुभएको छ ।

दाङको राजपुर गाँउपालिका १ पटौदी नाकाका अग्नीपिडीत गगन बस्नेतको परिवारलाई गायिका तथा मोडल भूमीका गिरीले नगद १० हजार सहयोग गर्नुभएको हो ।

111

बस्नेतको घरमा करिब १ हप्ता अगाडी आगलागी हुँदा ५ वटा बाख्रा लगायत खाद्यान्य सहित सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ ।

बस्नेत परिवारलाई सहयोग गरेपछि गायिका गिरीले दुःखमा परेको यो परिवारलाई सहयोग गर्न सम्पूर्णमा अपील पनि गर्नुभएको छ ।

दाङको देउखुरी घर भएकी गायिका गिरीले यसअघी पनि विभिन्न व्यक्तीहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

60259311_751716605348334_366621530827784192_n

दुःखमा परेका व्यक्तीहरुलाई सहयोग गर्न आफू साह्रै नै उत्साहित हुने भएकाले केही सहयोग गर्नुपर्छ भन्ने उद्धेश्यकासाथ आफूले सहयोग गरेको उहाँले बताउनुभयो ।

सामाजिक क्षेत्रमा काम गर्न पाउदा आँफू साह्रै नै खुशी हुने गरेको गायिका तथा मोडल गिरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*