Home / समाचार / विकृति हटाउन क्लव गठन

विकृति हटाउन क्लव गठन

दाङ, २७ वैशाख । लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा अमिलिया युवा क्लव गठन गरिएको छ । समाजमा देखिने बिकृती रोक्न तथा गलत संस्कारको नियन्त्रणको उदेश्य लिएर क्लव गठन गरिएको हो ।

शुक्रवार अमिलियामा भएको स्थानीयहरुको भेलाले यमवहादुर ओलीको अध्यक्षतामा क्लव गठन गरेको हो । यसैगरि उपाध्यक्षमा अमृता थापा, सचिवमा कृष्णकुमार थापा, सहसचिवमा दिपेन्द्र कुमार ओली, कोषाध्यक्षमा आयुष चौधरी रहेका छन् ।

यसैगरि सदस्यहरुमा अनिलकुमार पौडेल, ओमप्रकाश थापा, खड्गवहादुर बस्नेत, प्रभा दहित, शोभा भट्ट, सुशीला थापा रहेका छन् । यसैगरि समाजसेवी मन्जीत खड्काको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ ।

शुक्रवार गठित क्लवले समाज सुधारको अभियान थालनी गर्ने जनाएको छ । समाजलाई समृद्धीको बाटोमा हिँडाउनका लागि क्लवले विभिन्न चेतनामुलक अभियानको सुरुवात गर्ने क्लवका सचिव कृष्ण कुमार थापाले वताए ।

‘समाजमा सहि संस्कारको वातावरण तयार गर्ने अभियान स्वरुप क्लव गठन गरिएको हो,’सचिव थापाले भने ‘हामीहरुले यसका लागि अब तत्कालै चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*