Home / समाचार / अचार वनाउने तालिम सम्पन्न

अचार वनाउने तालिम सम्पन्न

सुवास डिसी
तुलसीपुर, २६वैशाख । त’लसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयको आयोजनामा सञ्चालित ७ दिने अचार वनाउने तालिमको आज एक कार्यक्रमका विच समापन गरिएको छ । जनजाति लक्षीत वर्ग अन्तर्गत वडा कार्यालयको १ लाख रुपैयांको वजेटबाट जनजाति समुदायलाई सिप मुलक तालिम प्रदान गरि व्यवसायीक रुपमा वलियो वनाउने उदेश्यले वडा स्तरिय जनजाति सञ्जालको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

सञ्जालका अध्यक्ष शरण कुमार चौधरीको अध्यक्षता, वडा अध्यक्ष चित्र वहादुर वलीको प्रमुख आतिथ्यि, महिला अधिकारकर्मि तथा महिला नेत्री शुष्मा गिरी र तुलसीपुरका प्रतिष्ठीत व्यवसायी अमन अन्सारीको विशिष्ठ आतिथ्यमा भएको तालिम समापन सत्रमा वडा सदस्य निर्मा चौधरी, वडा सचिव भुवनेश्वर अधिकारी, प्रहरी चौकी जसपुरका ईन्चार्ज असई प्रेम वहादुर ओड, ओरेक नेपालका जिल्ला संयोजक दिपा अधिकारी, ओरेक नेपालकै अभियन्ता कल्पना चौधरी, वडा स्तरिय जेष्ठ नागरिक संघका वरिष्ठ उपाध्यक्ष केशवराज डांगी, प्रशिक्षक गंगा हमाल, प्रशिक्षार्थीका तर्फबाट रिना चौधरी, नन्दा वुढा मगर, निर्मला घर्ति, सञ्जु चौधरी लगायतले तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै उहांहरुले उत्पादन गरिने अचारको उचित मुल्य र वजार व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।achar

जनजाति सञ्जालका कोषाध्यक्ष छोटिलाल चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको तालिम समापन कार्यक्रममा सञ्जालका सचिव रितु चौधरीले सवैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहजिकरण वडा कार्यालयकी कर्मचारी लक्ष्मी चौधरीले गर्नुभएको थियो । ४० जना प्रशिक्षार्थी सहभागि एक हप्ता सम्म सञ्चालन भएको अचार वनाउने तालिमको प्रशिक्षकमा गंगा हमाल रहनु भएको थियो ।

विभिन्न लक्षीत वर्गका लागी छुट्याईएका तालिम तथा कार्यक्रमहरु तिव्र गतिमा अगाडि वढाईएको र यसले समग्र वडाको समानुपातिक विकासमा टेवा पुग्ने वडा कार्यालयले अपेक्षा गरेको वडा सदस्य सुवास डांगीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*