Home / समाचार / काग्रेसलाई एक बनाउन जागरण अभियानः नेता खनाल

काग्रेसलाई एक बनाउन जागरण अभियानः नेता खनाल

दार्चुला । नेपाली काग्रेसका नेता तथा पूर्व सांसद राजु खनालले काग्रेसलाई एकजुट बनाउनका लागि जागरण अभियान सुरु भएको बताएका छन । नेपाली काग्रेसको राष्ट्रिय जागरण अभियानको दार्चुलामा उद्घाटन गर्दै नेता खनालले जनताको चाहना र भावना बुझ्न काग्रेस जागरण अभियान मार्फत जनताकाृ माझमा आएको बताएका थिए ।

नेपाली काँग्रेसको केन्द्रीय प्रतिनिधिका रुपमा दार्चुलामा खटिएका पूर्व सांसद राजु खनालले जनताको भावना बुझेर अघि बढ्ने बताए । त्यस अवसरमा बोल्ने अन्य बक्ताहरुले जागरण अभियानले काग्रेसमा एकताको सन्देश दिनुपर्ने बताएका थिए ।

नेपाली काग्रेस दार्चुला जिल्ला सभापति ललितसिंह वोहराको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य नन्दा वम, नेपाल महिला संघका केन्द्रीय सदस्य कान्ता चन्द्र, जिल्ला समन्वय समितीका प्रमुख करविर कार्की, जिल्ला उपसभापती ललित सिंह ठगुन्ना, महाधिवेसन प्रतिनिधि उमेह खत्री, महाकाली नगर सभापती जयदेव जोसी, महाकाली नगरपालिका नगरप्रमुख हंसराज भट्ट, दुध गाउँपालिकाका अध्यक्ष कुलेन्द्र काकी, महिला संघका जिल्ला अध्यक्ष शान्ति वमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला सचिव हर्क विष्टको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव गोवर्धन वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*