Home / Feature Breaking news / नारायणपुृुरमा विद्यार्थीलाई ट्राफिक सचेतना

नारायणपुृुरमा विद्यार्थीलाई ट्राफिक सचेतना

नारायणपुर, १९ वैशाख

दाङमा जारी ट्राफिक सप्ताह अन्तरगत छैठौ दिन नारायणपुरमा सचेतना कार्यक्रम भएको छ ।

पाँच नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा जारी सप्ताहको छैठौँ दिन घोराही उपमहानगरपालिका वडा नम्बर १० मा ट्राफिक सचेतनाt 2 कार्यक्रम भएको हो ।

यस क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरुलाई सचेतना शिक्षा दिईएको थियो । घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्नकालागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

t 3 3

कार्यक्रममा सहभागि वडा अध्यक्षहरुले स्थानीय तहको तर्फबाट पनि यस्ता कार्यक्रमलाई सहयोग गर्ने बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष मानबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामीछाने, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण)ले मन्तव्य राख्नुभएको थियो ।

ईलाका प्रहरी कार्यालय नारायणपुरका ईञ्चार्ज प्रहरी नायव निरिक्षक भिमबहादुर सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ट्राफक सप्ताहबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी गराउनुभएको थियो ।

T 1

त्यस अवसरमा मावि बात्स्यायन, मावि पशुपति र मावि ग्रेटबुद्धका १ सयभन्दा बढि विद्यार्थी एवं सर्वसाधारणहरुलाई ट्राफिक सचेतनाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक उत्तमकुमार जिसीले प्रशिक्षण दिईएको थियो । कार्यक्रमको सहजिकरण सामुदायिक प्रहरी सेवा केन्दं्र दाङका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

ईलाका प्रहरी कार्यालय नारायणपुर र अस्थाई ट्राफिक प्रहरी पोष्ट नारायणपुरको संयुक्त आयोजनामा ट्राफिक सप्ताहको हरेक दिन सचेतना कार्यक्रमहरु सञ्चालन भईरहेको ट्राफिक प्रहरी डिल्ली आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*