Home / Feature Breaking news / लखुवारमा नर्मदेश्वर शिवालयको उद्घाटन

लखुवारमा नर्मदेश्वर शिवालयको उद्घाटन

दाङ,१७ वैशाख । घोराही उपमहानगरपालिका वडा नं. ६ को लखुवारमा नर्मदेश्वर शिवालयको उद्घाटन गरिएको छ । ११ लाखको बढिमा नर्मदेश्वर शिवालयको निर्माण गरिएको शिवालयको मंगलवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बम कुमारी डागीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रीय सभापति तथा समाजसेवी भुपबहादुर डागीले मन्दिरको उद्घाटन गरेका थिए । मन्दिरको उद्घाटन गर्दै सभापति डागीले आफ्नो पहिचानको रुपमा रहेको हिन्दु धर्म संरक्षण गर्न सवै लाग्नुपर्ने बताएका थिए ।

bhup

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रेबबहादुर बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नं.५ का वडाध्यक्ष बिष्णुमणि दाहाल, नेपाली काग्रेस साविक क्षेत्र नं. २ का सभापति गिरिराज सुवेदी, नेपाली काग्रेस साविक सौडियारका इकाई सभापति कर्णबहादुर बुढाथोकी, पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशराज अधिकारी, सचिव बिष्णु आचार्य, माध्यामिक विद्यालय धर्नाका प्रधानाध्यापक ऋषिराम अधिकारी, दाताहरु रेखबहादुर वली‘देउता’, शंकर गौतम, ठाकुरप्रसाद केसी, खिमबहादुर चौधरी, निर्माण समितिका सल्लाहकार पूर्णबहादुर रोका, थारु नेता जगविर चौधरी,पत्रकार भुवन गौतमलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

aaa

सचिव नन्दकुमार आचार्यको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण बिष्णु आर्टले गरेका थिए । त्यस अवसरमा मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न दाताहरुलाई प्रमाणपत्र, खादा र टिकालगाएर सम्मान गरिएको थियो । मन्दिर ६ नम्वर वडा कार्यालयको चार लाख र बाँकी दाताको सहयोगमा निर्माण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*