Home / Feature Breaking news / मालपोतको समस्याप्रति नगरप्रमुखको चासो

मालपोतको समस्याप्रति नगरप्रमुखको चासो

तुलसीपुर,१६ वैशाख । तुलसीपुरमा रहेको मालपोत कार्यालयमा पछिल्लो समय भएको समस्याप्रति नगरप्रमुख घनश्याम पाण्डेले चासो लिएका छन । कार्यालयले वैशाख ४ गतेदेखि अनलाईन मार्फत सेवा सुरु गरेपछि देखिएको समस्या समाधानका लागि नगरप्रमुख पाण्डेले चासो लिएका हुन् ।

मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले सेवाग्राहीको चाप अनुसार कार्यालयमा जनशक्ति र उपकरण नहुँदा काम गर्न कठिनाइ भएको वताएका थिए । उनले दैनिक १ सय लिखत आउने गरेकोमा वढिमा ३० वटा लिखत मात्रै पास हुने गरेको वताए । ‘जनताको चाप अनुसारको प्राविधिक व्यवस्थापन नहुँदा धेरै समस्या उत्पन्न भएको छ ’ कार्यालय प्रमुख खड्काले वताए । उनले दरवन्दी अनुसार कर्मचारी नहुँदा पनि समस्या रहेको जानकारी दिए ।

नगरप्रमुख पाण्डेले जनताले सर्वसुलभ रुपमा सेवा पाउनुपर्ने वताउँदै प्राविधिक समस्या समाधानका लागि उपमहानगरपालिकाले सहयोग गर्ने वताए । उनले तिव्र गतिको इन्टरनेट सेवा सञ्चालन र थप कम्प्युटर लगायतका उपकरणका लागि उपमहानगरपालिकाले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

‘उपमहानगरपालिकाबाटै आइटिविज्ञको व्यवस्था गरेर हामी समाधान गर्नेछौ’ नगरप्रमुख पाण्डेले भने । उनले जनताको सुविधाका लागि उपमहानगरपालिकाले कुपन प्रणाली लागु गर्नका लागि उपकरण सहयोग गर्न तयार रहेको समेत वताए । स्मार्ट सिटीमा हरेक कार्यालयमा स्मार्ट टेक्नोलोजी लागु हुनुपर्ने वताउँदै पाण्डेले जनतालाई प्रभावकारी सेवा पु¥याउनका लागि आफु जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*