Home / Feature Breaking news / आधा मूल्यमा अण्डाको कारोवार

आधा मूल्यमा अण्डाको कारोवार

दाङ,१६ वैशाख । जिल्लामा कुखुराको अण्डाको सेल बजार लागेकोछ । सेल बजार संगै उपभोक्ताहरुले आधा मूल्यमा अण्डा खरिद गर्ने गरेकाछन् । पहिलो पटक जिल्लामा यसरी अण्डाको मूल्य एकाएक घटेपछि अण्डा खरिद गर्नेे उपभोक्ताहरुको बजारमा हिजो आज भिड लाग्ने गरेकोछ । सवैका हात हातमा अण्डको क्यारेट हुने गरेकोछ ।

‘फुटकरमा किन्नुप¥यो भने यहि अण्डा प्रतिगोटा १२ देखि १५ पर्ने गरेको थियो तर आज ६ रुपैयाँमा पाएकाछौं –उभोक्ता चन्द्रा वलीले भनिन् । उनले सस्तो र ताजा पाएपछि दुई क्यारेट अण्डा लगेको बताइन् । त्यस्तै अर्को उपभोक्ता जनक चौधरीले पनि सस्तोमा अण्डा पाएकाले आफुले अण्डा खरिद गरी लैजान लागेको बताए । केही दिन अगाडी तिन सय देखि दुई सय २० प्रति क्यारेट अण्डा विक्रीहुने गरेपनि हाल भने प्रति क्यारेट दुई देखि १ सय २० सम्मा व्यवसायीहरुले विक्री गदै आएकाछन् ।

बजारका विभिन्न कुखुरा पालक किसानहरुले आफनै पसल अगाडी तथा चोक चोकमा अण्डाहरु विक्री गर्ने गरेकाछन् ।वाहिरी जिल्लामा अण्डा पठाउन छाडेको र दाङमा धेरै अण्डा उत्पादन भएपछि एका एक अण्डाको मूल्य घटेको हो । यस अघि दाङ बाट विभिन्न जिल्लामा अण्डा निरियाता हुने गरेको थियो । तर हाल व्यवसायीहरुले आफैले अण्डा विक्री गर्न थालेपछि उपभोक्ताले सस्तोमा अण्डा खरिद गर्न पाएका हुन् ।

उत्पादन भएका अण्डाहरु धेरै दिन राख्दा विग्रने र वाहिर सप्लाई नभएपछि आफुहरुले अण्डा सस्तोमा विक्री गर्नुपर्ने वाध्यता रहेको पलाउ कुखुरा फर्मका सञ्चालक विरज डाँगीले बताए । उनले आफुहरुले घाटामा भएपनि अण्डाहरु विक्री गरेको बताए ।

‘दाङमा अण्डा उत्पादन धेरै भयो, त्यसमा पनि गर्मी समयमा धेरै दिन अण्डा राख्न नमिल्ने भएकाले आधा मूल्यमा अण्डा विक्री गर्नु परेको छ’ उनले भने । उनी जस्तै यहाँका सवै व्यवसायीहरुले यसरीनै अण्डा विक्री गर्ने गरेकाछन् । यसले गर्दा व्यवसायीहरुलाई घाटा भएपनि उभोक्ताहरुलाई भने फाइदा भएकोछ । दोवर मूल्यमा अण्डा किनेर खानुपर्ने उपभोक्ताहरुले सस्तोमा अण्डा किनेर खान पाएकाछन् ।

त्यसैगरी अन्य व्यवयायीहरु भने मर्कामा परेका छन् पहिले धेरै मूल्यमा अण्डा खरिद गरेका व्यवसायीहरुले हाल एका एक अण्डाको मूल्य घटेपछि आफुहरुले खरिद गरेका अण्डाहरु विक्री हुन छोडेको बताउछन् । ‘पहिले धेरैको मूल्यमा एका एक गिराउट आयो पहिलेको स्टक सकिएकोछैन् अण्डापनि हाल विक्री हुदैन –व्यवसायी मोहन गुप्ताले भने ।

त्यसैगरी एका एक अण्डाहरु सेलमा विक्री भएपनि आइतवार देखि भने सेल बन्द हुने व्यवसायीहरुले बताएकाछन् । व्यवसायीहरुले अण्डाको स्टक सकिन लागेकाले आइतवार देखि मूल्य बढने बताए । आइतवार देखि सेलमा अण्डा विक्री हुदैन होला किन भने स्टक सकिन लागेकोछ –व्यवसायी डाँगीले भने । दाङबाट अन्य जिल्लामा अण्डा निरियात बन्द भएको र काठमाण्डौ लगायत अन्य स्थानमा कुखुरामा वडफुलु भेटिएको भन्ने हल्लाका कारण अण्डाको मूल्य एकाएक घटेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*