Home / Feature Breaking news / ट्राफिक नियम सिकाउन चोकचोकमा विद्यार्थी

ट्राफिक नियम सिकाउन चोकचोकमा विद्यार्थी

दाङ, १५ बैशाख
विहान करिब साढे ७ बजेको समय । घोराहीको तुलसीपुर चोकमा विद्यार्थीहरुको समूह देखियो । ती विद्यार्थीहरु चार समूहमा बाँढिए । चार समूह चोकको चार दिशातर्फको सडकमा खटिए ।

‘ठाँउको ठाँउ सुधार कार्यक्रम, सवारी दुर्घटनाबाट बचौँ र बचाऔँ, सानो गल्ती ठुलो क्षति’ लेखिएको ट्राफिक स्वयमसेवक पेटी लगाएका थिए । सडकमा उनीहरुमात्र थिएनन् । उनीहरुसँगै ट्राफिक प्रहरी पनि खटिएका थिए ।

पढाईमा खटिने विदार्थीहरु सडकमा खटिए । पैदल यात्रुहरुलाई सडक पार गर्न सिकाउन थाले । जेब्रा क्रसिङ भएको ठाँउमा सोही स्थानबाट र नभएको स्थानमा अलि छेउबाट वरिपरी सवारी साधन आए नआएको हेरेरमात्र बाटो काट्नुपर्छ भन्दै सिकाउन थाले ।

पैदल यात्रु सडकपेटीबाट हिड्नुपर्ने, यदि सडक पेटी नभएको स्थानमा सडकको दाँया साईडबाट हिड्नुपर्ने भन्दै सम्झाए । यतिमात्र होईन विद्यार्थीहरुले सिट बेल्डको प्रयोग गर्न, मोटरसाईकलमा हेलमेटको फिता लगाउन, मोटरसाईकलमा दुईभन्दा धेरै ब्यक्ती सवार नहुन अनुरोध गरे । साथै चालक एवं पैदल यात्रुहरुलाई ट्राफिक सचेतनामूलक पर्चा पप्लेट पनि वितरण गरे ।

T 22

विद्यार्थीहरु सक्रियताका साथ यसरी सडकमा आएर ट्राफिक नियम सिकाईरहदा केही चालक एवं पैदल याुत्रहरुले भने विद्यार्थीहरुलाई टेरेनन् । उनीहरु नपत्याए झैँ हिडिरहे र सवारी हाकीरहे ।

त्यस्ता अटेरी गर्नेह्रुलाई भने ट्राफिक प्रहरीले कारबाहीको चेतावनी दिदै सम्झाए । नेपाल प्रहरी आवाशीय माविका ३७ जना विद्यार्थीहरु सहभागी थिए ।

जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न दाङ प्रहरीले शनिवारदेखी सुरु गरेको ट्राफिक सप्ताह अन्तरगत  ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रमको दोस्रो दिन पैदल यात्रुहरुलाई सडकमा हिड्ने तरिकाको बारेमा जानकारी गराईएको छ ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको सयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रमको शनिवार उद्घाटन गरिएको थियो ।

सोही कार्यक्रम अन्तरगत एक हप्तासम्म जिल्लाका हरेक स्थानमा ट्राफिक सचेतना कार्यक्रम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

आईतवार घोराहीको तुलसीपर चोक, दामोदर चोक र रतनपुर चोकमा गरि ४ सय पर्चा पप्लेट वितरण गरिएको प्रहरी जवान लालबहादुर देउवाले जानकारी दिनुभयो ।

यसका साथै जिल्लाका हरेक ट्राफिक प्रहरी युनिटले पैदल यात्रुहरुकालागी सचेतनामूलक कार्यक्रम गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*