Home / समाचार / एशोसिएशनको अध्यक्षमा शर्मा

एशोसिएशनको अध्यक्षमा शर्मा

दाङ,१४ बैशाख । राप्ती अञ्जल बजार प्रतिनिधि एशोसियशन दाङको तेश्रो अधिवेशन तथा छैठौ साधारणसभाले दिनानाथ शर्मालाई अध्यक्षमा चयन गरेको छ ।
एशोसियसनको उपाध्यक्षमा नेपबहादुर बस्नेत, सचिवमा केशवबहादुर बुढाथोकी, सहसचिवमा देवबहादुर बस्नेत, कोषाध्यक्षमा जग्गुलाल चौधरी रहेका छन । एशोसियसनको सदस्यहरुमा आषिश न्यौपाने, समिर केसी, बुद्धि चौधरी, पे्रम चौधरी, बामदेव भण्डारी, दिनेशराज श्रेष्ठ रहेका छन ।

दिनानाथ शर्माको अध्यक्ष तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुषालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य महेन्द्र बुढाथोकी, किराना तथा गल्ला व्यवसायी समितिका सचिव बिनोदप्रसाद पाण्डेय, सुरक्षित कुखुरा तथा दाना व्यवसायीका सचिव चन्दन भण्डारी, हार्डवयर व्यवसायीका बिमल थापा, बजार प्रतिनिधिका शंकर पोख्रेल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य झन्कार लामिछाने,राप्ती अञ्चल लिकर्श एशोसियसनका अध्यक्ष जगत आचार्य,कुमार सुवेदीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा रक्तदान समेत गरिएको थियो । कार्यक्रममा कुमार सुवेदी, देवबहादुर बस्नेत, शंकरप्रसाद पोख्रेल, रञ्जीत आचार्य, विकास डिसी, सञ्जय चौधरी, अरुण कार्की, आशिष न्यौपाने, महेश कुमार काफले, नुमाकान्त लामिछानेले रक्तदान गरेका थिए ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तीन थान स्टेचर हस्तान्तरण गरिएको थियो । नेपबहादुर बस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण केशव बहादुर बुढाथोकीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*