Home / Feature Breaking news / सवारी दुर्घटना न्यूनीकरण गर्न ‘ठाउँको ठाउँ सुधार कार्यक्रम’ शुरु

सवारी दुर्घटना न्यूनीकरण गर्न ‘ठाउँको ठाउँ सुधार कार्यक्रम’ शुरु

दाङ,१४ बैशाख । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण गर्न दाङ प्रहरीले सात दिने ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम लागु गरेको छ । प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको सयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ‘ठाउँको ठाउँ सुधार कार्यक्रम’ सुरु गरिएको हो ।

bisnu

जिल्लामा ट्राफिक नियम सम्वन्धी सचेतना फैलाउने उद्देश्यले ट्राफिक सप्ताह अन्तर्गत ठाउँको ठाउँ सुधार कार्यक्रम लागु गरिएको प्रहरीले जनाएको छ । ठाउँको ठाउँ सुधार कार्यक्रमको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन । शनिवार बिहान घोराहीको तुलसीपुर चोकमा एक कार्यक्रमको आयोजना गरि सप्ताहव्यापी कार्यक्रमको नगर प्रमुख चौधरीले उद्घाटन गरेका हुन ।

सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका अध्यक्ष बिष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले सप्ताहको उद्घाटन गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताहले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

naru
बढ्दो जनसंख्या, सवारी साधानको वृद्धि र साधुरा सडकका कारण सडक दुर्घटना हुने गरेको भन्दै नगर प्रमुख चौधरीले न्यूनीकरणका लागि ती समस्या समाधान गर्नुपर्ने बताए । त्यसका लागि घोराही उपमहानगरपालिका तयार रहेको भन्दै ट्राफिक सप्ताह अभियानलाई सफल बनाउन समेत सवैको सहयोग आवश्यक रहेको बताए ।

police

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले सडक सुरक्षामा ध्यान दिनुपर्ने बताए । सडक सबैको साझा सम्पति भएको भन्दै जिल्ला प्रहरी प्रमुख पाण्डेले सडकको संरक्षणसँगै प्रयोगमा हरेक नागरिकले ध्यान दिनुपर्ने बताए ।

त्यस अवसरमा ¥याली समेत निकालिएको थियो । ट्राफिक सचेतना लेखिएका व्यानर तथा प्लेकार्डसहितको ¥चाली घोराहीको तुलसीपुरचोकवाट सुरु भएर बजार परिक्रमा गरेको थियो । ¥यालीमा स्कुले विद्यार्थी, नेपाली प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, अटो चालकलगायतका नागरिकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आरके शीतलले गरेका थिए ।

narulal

सप्ताह व्यापी कार्यक्रम अन्तर्गत विविध कार्यक्रमहरु गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुँवरले जानकारी दिए । सडक दुर्घटना न्यूनीकरण सम्वन्धी विभिन्न संघसस्थाहरुसँग समन्वय गरेर जिल्लाका विभिन्न स्थानमा सचेतना मुलक कार्यक्रम गरिने कुवँरले जानकारी दिए । त्यस अवसरमा घोराही उपमहानगरपालिकाले जिल्ला ट्राफिक प्रहरीलाई उपलव्ध गराएको मापासे चेक गर्ने मेसिन बे्रथलाईजरको समेत प्रयोग गरिएको थियो ।

त्यसअबसमा बोल्दै जिल्ला ट्राफिक प्रहरीले कार्यालय दाङका प्रमुख मदन कुवरले वितेको एक बर्षमा दाङमा २ सय ३ वटा दुर्घटना भएको जानकारी दिनुभयो । दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*