Home / Feature Breaking news / सात विगाह जमिनमा बोटानिकल गार्डेन निर्माण हुँदै

सात विगाह जमिनमा बोटानिकल गार्डेन निर्माण हुँदै

लिलाधर वली
दाङ,१४ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १२ को हापुर बिजौरीमा बोटानिकल गार्डेन निर्माण गरिने भएको छ । हापुरको करिव सात विगाह जमिनलाई समेट्ने गरि बोटानिकल गार्डेन निर्माण गरिन थालेको घोराही उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढामगरले बताए ।

वडामा रहेको खाली जग्गालाई उपभोग गरेर पर्यटकिय स्पोर्टका रुपमा विकास गर्न थालिएको बताए । ‘यो खाली जग्गा थियो, त्यसैलाई उपभोग गर्ने काम वडाले गरेको छ’, वडाध्यक्ष बुढाले भने,‘ खाली जग्गालाई उपभोग गरेर गार्डेन निर्माण गरेपछि पिकनिक स्पोर्टका रुपमा विकास गरिनेछ ।’ जिल्लामा पिकनिक स्पोर्टको नयाँ गन्तव्यका रुपमा हापुर बिजौरीलाई विकास गरिन थालिएको वडाध्यक्ष बुढाले बताए ।

उनका अनुसार प्रदेश निर्देशनालयले बजेट बिनियोजन गरिसकेकाले अवको केही दिनमै गार्डेन निर्माणको प्रारम्भीक काम सुरु हुने बताए । विकासका दृष्टिले पछाडी परेको हापुरलाई पर्यटकिय स्पोर्टका रुपमा विकाससँगै पर्यावरणीय अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले वन क्षेत्रलाई बोटानिकल गार्डेनका रुपमा विकास हुन थालेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । त्यसका लागि प्रदेश निर्देशनालयले दुई करोड रुपैयाँ बिनियोजना गरेको उक्त रकमवाट गार्डेनको डिपिआर गर्ने काम हुन थालेको डिभिजन वन कार्यालय दाङका रेञ्जर नुमराज कडेलले जानकारी दिएका छन ।

उक्त क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने र त्यसका लागि आवश्यक पूर्वाधार विकासको काम गरिने उनले बताए । बोटानिकल गार्डेन निर्माणका लागि छुट्याईएको जग्गामा तारवार गर्ने काम भईसकेका छ । बाँकी पिकनिक स्पोर्टका लागि घर निर्माण गर्ने, प्रतिक्षालय, पानीको व्यवस्था गर्ने, सौचालयको व्यवस्थालगायत पार्कलाई आकर्षण बनाउन नयाँ प्रजातिका विरुवा रोप्ने लगायतका कामहरु गरिने उनले बताए । त्यसका लागि पहिलो चरणमा डिपिआर बन्ने र डिपिआर अनुसार बोटानिकल गार्डेनको विकास हुने भएको छ ।

वातावरण अध्ययन गर्ने मानिसहरुदेखि अन्य सिजनमा पिकनिक स्पोर्टका रुपमा उपयोग गर्न सकिने गरि बोटानियकल गार्डेन निर्माण हुने भएको हो । डिभिजन वन कार्यालयका अनुसार जिल्लामा प्रदेश सरकारको बजेटवाट धेरै स्थानमा पर्यटकिय विकासका लागि भईरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*