Home / समाचार / शान्तिका क्रियाकलाप आवश्यक

शान्तिका क्रियाकलाप आवश्यक

देविराम कुसारी
गोल्टाकुरी,१४ वैशाख । समुदायमा दिगो शान्ति स्थापना गर्न शान्ति सम्वन्धि कृयाकलाप आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन् ।
समुदायमा विभिद र हिंसाका रुप परिवर्त भैरहने भएको हुदा शान्तिका क्रियाकलापमा परिवर्तन भएपनि निरन्तर रहन आबश्यक भएको उनीहरुले वताएका छन् । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही र नागरिक आवाज ललितपुरको साझेदारीमा शुक्रवार आज गोल्टाकुरीमा भएको अन्तरक्रिया कार्यक्रमका सरोकारवालाले सिएमपिआर कार्यक्रम आवश्यक भएको वताएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अथिति एंव दंशीशरण गाउपालिकाका अध्यक्ष भागिराम चौधरीले शान्तिकेन्द्र चलायमान वनाउनको लागि गाउपालिकावाट पहल गर्ने वताएका थिए । कार्यक्रमका अध्यक्ष एंव शान्ति केन्द सञ्चालक समितिका संयोजक तुलसीराम देवकोटाले पनि शान्ति केन्द्रलाई वडाले निरन्तरता दिन पहल गर्ने वताए ।

सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा नेकपाका डम्बर खत्री, वडा सदस्य नन्दराम केसी, समाजसेवी तिलकबहादुर डा,गी द्धन्द्ध पीडित सीता वस्नेत, नगारिक आवाजका विष्णुमाया घर्ती, एन्जिला कोईरालालगायतले बोलेका थिए । कार्यक्रममा सिएमपिआरका कार्यक्रमका संयोजक बसन्त पोख्रेलले क्रियाकलापका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*