Home / Feature Breaking news / अग्रानिक खेती सिकाउदै वडा सरकार

अग्रानिक खेती सिकाउदै वडा सरकार

घोराही, १३ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले वडाका अगुवा कृषकहरुलाई अग्र्यानिक खेती गर्ने तरीकाका बारेमा तालिम दिएको छ । वडामा रहेका करिब ३० जना अगुवा कृषकहरुलाई अग्र्यानिक खेती गर्ने विषयमा तालिम दिएको हो ।

विभिन्न विषादीको भरमा उत्पादन हुने तरकारीले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको भन्दै वडा कार्यालयले किसानहरुलाई अग्र्यानिक खेती कसरी गर्ने भन्ने बिषयमा कृषि बिज्ञहरुबाट प्रशिक्षित बनाएको हो ।

वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले खानपानबाटै स्वास्थ्यलाई कस्तो बनाउने भन्नेमा भर पर्ने बताउनुभयो । कृषिलाई आधुनिक र व्यवसायीक बनाउन अग्र्यानिक खेतीलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

तरकारीमा प्रयोग गरिने विषादीले किरा मात्रै नमर्ने भन्दै उहाँले त्यसले मानब स्वास्थ्यमा समेत गम्भिर असर गर्ने भन्दै सचेत रहन सुझाब दिनुभयो । खानपानमा ध्यान दिन नसके भोलीका दिनमा लाग्ने बिभिन्न खाले रोगले फेरी आफैलाई दुःख दिने भन्दै विषादी प्रयोगलाई निरुत्साहित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले कृषिबाटै परिवार सबल र सक्षम हुने भन्दै खेतीलाई विषादी रहित बनाउन आग्रह गर्नुभयो । घरमै बनाइएका बिभिन्न खाले मलहरुबाट पनि राम्रो उत्पादन गर्न सकिने भन्दै धेरै र छिटो फलाउने नाममा स्वास्थ्यलाई असर पार्ने विधिलाई छोड्न सुझाब दिनुभयो ।

अगुवा किसानहरुलाई उपमहानगरको कृषि विकास शाखाका राधा मल्ल र कमल रेग्मीले प्रशिक्षण दिनुभएको छ । वडा सदस्य ज्ञानेन्द्र बहादुर बिसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब अग्नीकुमार न्यौपानेले गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*