Home / Feature Breaking news / दाङका लिलाधरलाई दुई स्वर्ण

दाङका लिलाधरलाई दुई स्वर्ण

दाङ,१२ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दुई खेलमा दाङका लिलाधर बस्नेतले दुई स्वर्ण जितेका छन । नेपालगंजमा भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दो र टिम काटामा दाङ निवासी बस्नेतले दुई स्वर्ण जितेका हुन ।

नेपाल आर्मीको विभागीय टिम त्रिभुवन आर्मी क्लववाट प्रतियोगितामा सहभागी बस्नेतले फाइनल खेलमा एपिएफका खेलाडी हर्कराज राजबंशीलाई हराउँदै प्रतियोगितामा स्वर्ण जितेका हुन । त्यस्तै बस्नेतले टिम काटामा पनि स्वर्ण जितेका छन । टिम काटामा पनि एपिएफकै समूहलाई फाइनल खेलमा हराउँदै स्वर्ण जितेका हुन ।

basnet

स्वर्ग जितेका बस्नेतले नगद १५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिता यहि बैशाख ६ गतेदेखि १० गतेसम्म नेपालगंजमा भएको थियो । बस्नेत विगत दश बर्षदेखि आईटिएफ खेलमा सहभागी छन । घोराही उपमहानगरपालिका–५ नैनवार निवासी बस्नेत अहिले घोराहीमा बस्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*