Home / Feature Breaking news / आठौँ राष्ट्रिय महिला फुटवलको उपाधि एपिएफलाई

आठौँ राष्ट्रिय महिला फुटवलको उपाधि एपिएफलाई

दाङ,११ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको उपाधि विभागीय टिम एपिएफले जितेको छ । दाङको बेलझुण्डी रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबको महिला फुटवल टिमलाई ट्राईब्रेकरमा ३ का विरुद्ध ४ गोल गर्दै आठौँ राष्ट्रिय महिला फुटवल प्रतियोगिताको च्याम्पियनसिप बनेको हो ।

apf

निर्धारित समयमा दुवै टिमका खेलाडीहरुवाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा गएको थियो । पेनाल्टी सुट आउँटमा आर्मीका दुई जना खेलाडीले पेनाल्टी सुट आउट मिस गरेपछि एपिएफले उपाधि हात पारेको हो ।
फाइनल खेलमा पराजित नेपाली सेनाको त्रिभुवन आर्मीको महिला फुटवल टिम उपविजेता बन्न पुगेको हो ।

निर्धारित समयको खेलमा दुवै टिमका खेलाडीहरुले गोलको प्रयास गरेपनि गोल हुन सकेनन् । एपिएफका तर्फवाट फरवार्ड सावित्रा भण्डारीले पोष्ट चार्ज गरेपनि आर्मीकी किपरले रोक्दिएकी थिइन ।

प्रतियोगितामा नेपाल पुलिसको महिला फुटवल टिम तेश्रो भएको हो । बुधवार विहान तेश्रो स्थानकालागि भएको खेलमा प्रदेश नं. ३ लाई हराउँदै नेपाल पुलिस तेश्रो स्थानमा पुग्न सफल भएको हो । प्रतियोगितामा ३ विभागीय टिमसँगै सात प्रदेशका महिला फुटवल टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*