Home / Feature Breaking news / कांग्रेसको देशव्यापी कार्यक्रम आकस्मीक स्थगित, ताम्राकारको निधनप्रति दाङ कांग्रेसद्वारा दुख व्यक्त

कांग्रेसको देशव्यापी कार्यक्रम आकस्मीक स्थगित, ताम्राकारको निधनप्रति दाङ कांग्रेसद्वारा दुख व्यक्त

दाङ, १० वैशाख

नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएपछि तीन दिन शोक घोषणा गरिएको छ ।

ताम्राकारको निधनलगत्तै कांग्रेसका काठमाडौंमा उपलब्ध केन्द्रीय समितिका पदाधिकारी र सदस्यको आकस्मिक बैठकले तीन दिन शोकको निर्णय गरेको हो ।

बैठकले शोक व्यक्त गर्दै पार्टीका सबै कार्यक्रम ३ दिनसम्म स्थगित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले मिडिया डबलीलाई जानकारी दिए । कांग्रेसको निर्णयसँगै बैशाख ११ गतेबाट शुरू हुने भनिएको राष्ट्रिय जागरण अभियान स्थगित भएको छ ।

पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यको निधन हुँदा तीन दिन पार्टी कार्यालय बन्द गर्ने र पार्टीको झण्डा झुकाउने नीतिकै कारणले समेत कांग्रेसको बुधबारबाट शुरू हुने कार्यक्रम प्रभावित हुने भएको छ । शोकको निर्णय कांग्रेसका देशभरका कार्यालय र कार्यक्रममा लागु हुनेछ ।

रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक–पटक मन्त्री समेत बनेका थिए । अघिल्लो हप्ता ताम्राकारको स्वास्थ्य स्थिति गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएको थियो । करीब दुई हप्ताअघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

निमोनिया समेत भएका उनको स्थिति अझ गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो । ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचारको क्रममा उनको निधन भएको हो । ताम्राकार विगत दुई वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।

ताम्राकार विक्रम संवत् २०४८ र ५६ मा रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालय सम्हालेका थिए ।
ताम्राकारको निधनप्रति कांंग्रेस दाङले पनि दुःख व्यक्त गरेको छ । कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्का र सचिव शंकरप्रसाद डाँगीले शोक वक्तव्य निकालेर कांग्रेस नेता ताम्राकारको निधनप्रति द
ुःख व्यक्त गर्नुभएको छ । साथै विज्ञप्तीमा वैशाख ११ गते वुधवार हुने भनेको कार्यक्रम स्थगीत भएको पनि जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*