Home / Feature Breaking news / आठौं राष्ट्रिय खेलकुदः एपिएफले चुम्यो महिला क्रिकेटको उपाधी

आठौं राष्ट्रिय खेलकुदः एपिएफले चुम्यो महिला क्रिकेटको उपाधी

लक्ष्मण बस्नेत
दाङ, १० बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधी विभागीय टिम एपिएफले चुमेको छ । उपाधि भिड्न्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपिएफले उपाधी उचालेको हो।

फाईनलमा पराजित प्रदेश न १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो । टस जितेर ब्याटिङ गर्ने सुनौलो अबसर पाएको एपिएफले २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन वनायो । जसमा ज्योति पाण्डेले सर्वाधिक ४५, र सिताराना मगरले ४२ रनको योगदान दिए ।

बलिङ्गतर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३ र ३ विकेट लिएका थिए । १२९ रनको बिजयी लक्ष्य लिएर जवाफिब्याटिङका लागि खेल मैदानमा उत्रेको प्रदेश नम्बर एक १९ दशमलव ४ ओभरमा अलआउट हुदै मात्र ४१ रनमा समेटिन पुग्यो ।
रश्मि शर्मा चौलागार्इ अविजित हुदै २७ रन जोडिन । वलिङ्गमा एपिएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २–२ विके लिइन । प्लेर अफ द म्याच रिता राना मगर घोषित भइन ।

सो अबसरमा वेस्ट वलर प्रदेश १ कि संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कबिता जोशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन ।
दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य विनोद मैनालीको प्रमुख आतिथ्यतामा बिजेतालाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*