Home / Feature Breaking news / कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्न कांग्रेस नेता बस्नेत दाङ आउने

कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्न कांग्रेस नेता बस्नेत दाङ आउने

घोराही, ९ वैशाख

नेपाली कांग्रेसको राष्ट्रिव्यापी कार्यक्रम अन्तरगत दाङमा पनि वुधवार कार्यकर्ता भेटघाट कार्यक्रम हुने भएको छ ।

‘हिमाल पहाड तराई मधेस, नेपाली कांग्रेस’ भन्ने मूल नाराकासाथ देशभर सञ्चालन गर्न लागेको राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो दिन वैशाख ११ गते घोराहीमा कार्यकर्ता भेटघाट कार्यक्रम हुने भएको हो ।

नेपाली कांग्रेस दाङको आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्नकालागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेत दाङ आउने पार्टिका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

साथै उहाँले वैशाख ११ गते बुधवार घोराही उपमहानगरपालिकाको हलमा हुने कार्यक्रममा सहभागि हुनकालागि सम्पूर्ण नेता कार्यकर्ता, भातृ संघसंगठन, सुवेच्छकु संघसंस्थाहरुलाई अनुरोध गर्नुभएको छ ।

यस्तै वुधवार दाङमा हुने कार्यक्रममा सहभागिताकालागि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले पनि सम्पूर्ण क्षेत्रीय समिति, भातृसंघसंगठन एवं सुवेच्छुक संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगी र सचिव बद्रिंकुमार खड्काले सोमवार विज्ञप्ती निकालेर वुधवार विहान ११ बजे घोराही उपमहानगरपालिकाको हलमा हुने कार्यक्रममा सहभागि हुनकालागि सम्पूर्णमा अनुरोध गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*