Home / मनोरञ्जन / ‘हल्ला नगर’ भन्दै आए प्रेमप्रकाश (भिडियो)

‘हल्ला नगर’ भन्दै आए प्रेमप्रकाश (भिडियो)

सुगम संगित गायक प्रेम प्रकाश ओलीले आफ्नो नयाँ गिती कोशेली बजारमा ल्याएका छन् । गायकी बेस सुगम संगित भएपनि भर्सटायल गायकको रुपमा आँफुलाई संगित बजारमा उनले स्थापित गराएका छन् । ओखर काँचो छ बोलको स्टेज गीत बजारमा ल्याएर आँफूलाई भर्सटायल गायकको रुपमा परिचित गराएका उनले पछिल्लो समय ‘हल्ला नगर’ बोलको गीत ल्याएका छन् ।

लोक पप प्याटर्नको यो गीतमा प्रकाशले आँफूलाई भर्सटायल गायकको रुपमा प्रमाणित गराईदिएका छन् । दशक लामो संगित यात्रा पार गरिसकेका उनि यो गीत बिल्कुलै नयाँ खालको रहेको र यसले आँफूलाइ संगित बजारमा थप स्थापित बनाउने विश्वास लिएका छन् ।

‘यो गीत मेरो म्युजिकल करिअरमै विल्कुलै नयाँ अनुभव पनि हो ,’उनले भने ‘र मेरो विश्वास पनि छ , मलाई यो गीतले थप स्थापित गराउने छ ।’ भर्सटायल गायकको बाटोमा अघि बढेका प्रकाशले यसअघि पनि सुगम संगित , त्यो पनि बियोगान्त गीतहरुमा मात्रै आवाज भर्दै आएका थिए ।

तर नेपाली संगितको बजारको माग अनुसार आँफुलाई पनि केहि चेन्ज गरेको उनि बताउँछन् । ‘नेपाली संगित बजारले कस्तो गीत खोजिरहेको छ,त्यसलाई मैले क्यास गरेर अघि बढेको छु,’उनले भने ‘तर मेरो पुरानो संगितको बिटलाई मायाँ मारेको भने हैन ।’

यसअघि उनले बजारमा ल्याएको ओखर काँचो छ बोलको लोक प्याटर्नको गीतले पनि राम्रो चर्चा पाएको थियो ।   प्रेम प्रकाश दाङ तुलसीपुरका हुन्  । उनि अहिले संगित कर्मकै क्रममा काठमाडौँमा छन् ।

गायक प्रेमप्रकाश लाई यो गीतमा चर्चित गायिका मेलिना राईले गायकीमा साथ दिएकी छन् । डा. बिपी भुषालको शब्द रहेको यो गीतमा बिबि अनुरागीको संगित रहेको छ । आईतवार युट्युवमार्फत रिलिज भएको गीतले दर्शकहरुको राम्रो साथ पाईरहेको छ ।

गीतमा दिपेन्द्र शाहि ठकुरी र अहिलेकी चर्चित मोडल करिष्मा ढकालको उत्कृष्ट नृत्य रहेको छ ।  भिडियोका निर्देशन पनि दिपेन्द्र शाहि ठकुरीले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*