Home / Feature Breaking news / श्रीलंकामा फेरि विस्फोट, मर्नेको संख्‍या १८७

श्रीलंकामा फेरि विस्फोट, मर्नेको संख्‍या १८७

बीबीसी । श्रीलंकामा फेरि विस्फोट भएको छ । बीबीसीका अनुसार पछिल्लो विस्फोटमा दुई जनाको मृत्यु भएको छ । कोलम्बोस्थित देहीवालामा रहेको चिडियाखाना पछाडिरहेको होटलमा विस्फोट भएको जनाइएको छ ।

अहिलेसम्म श्रीलंकाको विस्फोटमा १८७ जनाको ज्यान गइसकेको छ ।

आइतबार बिहान भएका छुट्टाछुट्टै विस्फोटमा एक सय ८५ जनाको मृत्यु भएको पुष्टि भएको छ । कोलम्बो नेशनल हस्पिटलले बम विष्फोटमा परी अहिलेसम्म एक सय ८५ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

विष्फोटमा परी चार सय ४० जना भन्दा बढी घाइते भएका छन् । कोलम्बो अस्पतालका अनुसार आक्रमणमा परी मृत्यु भएका मध्ये नौ जना विदेशी नागरिक रहेका छन् ।

बीबीसीका अनुसार तीन चर्च र कोलम्बोका तीन वटा फाइभ स्टार होटलहरुमा बम विष्फोट भएको हो । कोच्चादाईस्थित सेन्ट एन्थोनी, बट्टिकोला र नेगोम्बो चर्च र कोलम्बको सांग्री–ला स्टार, किंग्सबरी र सिनेमन ग्राण्ड होटलमा विष्फोट भएको बताइएको छ ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आक्रमणको अनुसन्धान भइरहेका बताएका छन् । उनले भ्रामक समाचारमा विश्वास नगर्न र शान्त रहन अपिल पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*