Home / Feature Breaking news / शरण सम्झना कपको उपाधि बडहरालाई

शरण सम्झना कपको उपाधि बडहरालाई

दाङ,७ बैशाख । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ को उपाधि बडहरा युवा क्वलले जितेको छ । घोराहीको भरतपुर खेल मैदानमा भएको फाइनल खेलमा आयोजक राप्ती क्वललाई हराउँदै बडहरा युवा क्वलले शरण सम्झना कपको उपाधि चुमेको हो । े

निर्धारित समयमा दुवै क्वलकातर्फवाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउँटमा ४का विरुद्ध ५ गोल गर्दै बडहराले जित निकालेको हो । शरण सम्झना कपको उपाधिसँगै क्लवले नगद ५५ हजार पाँच सय ५५सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । पेनाल्टी सुटमा आयोजक राप्ती क्वलका खेलाडीहरु चुकेपछि आयोजक राप्ती क्लव उपबिजेता बन्न पुग्यो ।
उपबिजेता बनेको राप्ती क्वलले नगद २५ हजार पाँच सय २५ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीलगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । क्वलका अध्यक्ष बसन्त पुरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ क्वलहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ठ खेलाडी राप्ती क्लवका निशान बुढामगरलाई एभेष्ट बैङक लिमिटेड तुलसीपुर शाखाले नगद दश हजार प्रदान गरेको थियो । प्रतियोगितामा उत्कृष्ठ किपर बडहरा युवा क्वलका एलेक्स बुढामगर, बेष्ट डिफेन्डर राप्ती क्लवका शिशिर चौधरी, बेष्ट मिडफिल्डर बडहराका एरोन रोकामगर र उत्कृष्ठ हाईस्कोर गर्ने खेलाडी सक्सेसका दिपक सिंह ठकुरीलाई पुरस्कृत गरिएको थियो । केदारराज श्रेष्ठको स्वागत मन्तव्यवाट कार्यक्रमको सहजीकरण समिर वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*