Home / Feature Breaking news / महिला फुटवलः पुलिसको लगातार तेश्रो जित

महिला फुटवलः पुलिसको लगातार तेश्रो जित

दाङ,७ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घोराहीमा भएको महिला फुटवल प्रतियोगितामा नेपाल पुलिसको महिला फुटवल टिमले लगातार तेश्रो जित निकालेको छ ।

घोराहीको भरतपुर खेलकुद मैदानमा शनिवार विहान भएको खेलमा सुदुरपश्चि प्रदेशको महिला फुटवल टिमलाई ० का विरुद्ध ७ गोल गर्दै नेपाल पुलिस क्वलको महिला फुटवल टिमले जारी आठौँ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा तेश्रो जित निकालेको हो ।

पुलिसको जितका लागि खेलडीहरु जर्सी नं. १४ कि निरु थापा र जर्सी नं. ७ कि निर्मला विकले ह्याट्रिक गरेका थिए । त्यस्तै पुलिस क्वलकी खेलाडी जर्सी नं. १९ कि रञ्जीता गुरुङले १ गोल गरेकी थिइन ।

राष्ट्रिय महिला फुटवल टिमका खेलाडीहरु सहभागी भएको पुलिसको महिला फुटवल टिमका खेलाडीसँग सुदुरपश्चिम प्रदेशका महिला खेलाडीले गोल गर्ने सकेनन् ।
प्रतियोगिता तीन वटा खेलहरु खेलिसकेको सुदुरपश्चिम प्रदेशले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन ।

उक्त खेलमा सुदुरपश्चिम प्रदेशकी गोलकिपर घाइते भएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*