Home / Feature Breaking news / महिला फुटवलः निरु थापाको ह्याट्रिकमा पुलिसको दोश्रो जित

महिला फुटवलः निरु थापाको ह्याट्रिकमा पुलिसको दोश्रो जित

दाङ,६ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रवार विहान भएको खेलमा नेपाल प्रहरीको महिला फुटवल टिमले सहज जित निकालेको छ । घोराहीको भरतपुर खेलकुद मैदानमा भएको खेलमा प्रदेश नं. ५ को महिला फुटवल टिमलाई ० का विरुद्ध ६ गोल गर्दै नेपाल पुलिस क्वलको महिला टिमले प्रतियोगितामा दोश्रो जित निकालेको हो । राष्ट्रिय महिला फुटवल टिम कि खेलाडी समेत रहेकी नेपाल पुलिस क्लवकी फरवार्ड निरु थापाले खेलमा ह्याट्रिक गरेकी थिइन ।

खेलको सुरुदेखि नै दवाफ सिर्जना गरेको प्रहरी क्वलको जीतका लागि जर्सी नं. १४ कि खेलाडी निरु थापाले ९ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएकी थिइन । खेलाडी निरु थापाको गोलसँगै अग्रता लिएको प्रहरीले २४ औँ मिनेटमा जर्सी नं. ७ कि निर्मला विकले दोश्रो गोल गरेकी थिइन ।

दोश्रो हाफको १३ औँ मिनेटमा जर्सी नं. १४ कि निरु थापाले दोश्रो र ३८ औँ मिनेटमा तेश्रो गोल गर्दै ह्याट्रिक गरेकी हुन । पुलिसको जितका लागि २८ औँ मिनेट र ३० औँ मिनेटमा गरि जर्सी नं. ५ कि खेलाडी अमृता जैशीले २ गोल गरेकी थिइन ।

शुक्रवारको खेलमा प्रदेश नं. ५ का महिला फुटवल टिमका खेलाडीहरु चल्न नसक्दा दोश्रो पराजय भोग्न पुगे । प्रदेश नं. ५ को महिला फुटवल टिमले विहिवार भएको पहिलो खेल प्रदेश नं. २ को महिला फुटवल टिमसँग हारेको थियो । शुक्रवारको दोश्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ को महिला फुटवल टिमका विच बेलझुण्डीमा रंगशालामा हुने भएको छ ।
११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरि दश वटा महिला फुटवल टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गतका दाङ र कपिलवस्तुमा लिग अन्तर्गतका खेलहरु भईरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*