Home / खेलकुद / राप्ती क्वल फाइनलमा प्रवेश

राप्ती क्वल फाइनलमा प्रवेश

दाङ,५ बैशाख । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ फाइनलमा आयोजक राप्ती क्वल प्रवेश गरेको छ । विहिवार घोराहीको भरतपुर खेलम मैदानमा भएको सेमिफाइन खेलमा न्यू स्टार फुटवल एकेडेमी नारायणपुरलाई ० का विरुद्ध २ गोल गर्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतिष्प्रधात्मक खेलमा राप्ती क्वलको जीतका लागि खेलाडीहरु घनश्याम धामी र सुन्दर विकले १–१ गोल गरेका थिए । खेलमा गोल फर्काउन न्यू स्टार फुटवल एकेडेमीका खेलाडीले प्रयास गरेपनि किपरले असफल गराईदिएका थिए ।

अर्काे सेमिफाइनल खेल शुक्रवार युएनबिसी र बडहरा युवा क्वलका विच हुने आयोजक राप्ती क्वलका सचिव श्यामकुमार गिरीले जानकारी दिए । सचिव गिरीका अनुसार सेमिफाइनल खेल दिउँसो चार बजे घोराहीको भरतपुर खेल मैदानमा हुनेछ । शुक्रवार जित्ने क्वल फाइनलमा आयोजक राप्ती क्वलसँग शनिवार भिड्नेछ ।

प्रतियोगितामा प्रथम हुने फुटवल टिमले नगद ५५ हजार पाँच सय ५५सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितिय हुने फुटवल क्लवले नगद २५ हजार पाँच सय २५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ठ खेलाडीलाई एभेष्ट बैङक लिमिटेड तुलसीपुर शाखाले नगद दश हजार प्रदान गर्ने भएको छ । प्रतियोगिता सवैभन्दा धेरै गोल गर्ने खेलाडीलाई नगद दश हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*